भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलबाट एसईई परीक्षा २०८१ मा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि साविक भ.न.पा. वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य श्री रवीन्द्र खर्बुजाले उच्च शिक्षाको विषय छनौट आफ्नो क्षमता, चाहना र अभिभावकको भावनाअनुसार गर्नुपर्ने सुझाव दिनुभयो । […]
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
संस्थागत विद्यालय संघ नेपाल इसान) भक्तपुर जिल्ला समितिको आयोजना तथा विद्या आर्जन सेकेन्डरी स्कुलको संयोजनमा २११ औं भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो । कविता प्रतियोगिताका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठले कविता समाज परिवर्तनको लागि सृजना गर्नु पर्ने बताउनुहुदै कविताकै माध्यम जनताको समस्या उजागर गर्नुपर्ने […]
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
यस्तो विषयमा चासो हुनेलाई पढ्दा पक्कै मज्जा आउने छ – BBC, CNN, France24 म तिमीहरुलाई हेरिरहेको छु। म तिमीहरूको सबै झुटहरु बताईरहेको छु। म ईब्राहिम ट्राओरे, र म आज तिमीहरूको नकाव उतार्न लागिरहेको छु। हो, तिमीहरूले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमीहरूले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमीले खतरनाक तानाशाहका रुपमा […]
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
जेठ १८ गते आईतबार । सिथी नखा अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले […]
इसान अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा विद्या आर्जन स्कूलको निरीक्षण
भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा भक्तपुर नगरपालिका वडा नं. ५, आदर्श बस स्टप नजिकै रहेको विद्या आर्जन स्कूलको निरीक्षण गरेका छन् । यसरी निरीक्षण गर्नुको उद्देश्य इसान आवद्ध विद्यालयहरूको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीहरूको विकासमा आपसी सहयोग गर्न र गराउन विद्यालय निरिक्षण गरेको बताइएको छ । निरीक्षणका […]
सूर्यदीप स्कुलको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
भक्तपुर ,२६ चैत विद्यार्थीहरूले आफ्नो चौतर्फी विकास गर्दै सामाजिक ,सांस्कृतिक तथा देश विकासका निमित्त आफूलाई तयार पार्न आग्रह गर्दै माननीय सांसद सुरेन्द्रराज गोसाइले विद्यार्थीहरूलाई आफ्नो जीवनको अमूल्य समय शर्ट भिडियो र गेममा धेरै खर्च नगर्न सुल्झाउनु भएको हो। सूर्यदीप ईङ्लिस सेकेण्डरी स्कुल ले आयोजना गरेको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रममा बोल्दै गोसाइले विद्यार्थीहरूले अबको समय आफ्नो […]
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
चैत्र २७ गते भक्तपुर । शहिदस्मृत्ति खेलमैदान, इत्ताछेस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा आज पूर्व प्रा.वि.तह पुरा गर्दै प्रा.वि.तहको औपचारिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीहरुको निमित्त दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिका साविक १५ नं. वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका विद्यार्थीहरुको प्रतिभा पनि प्रस्तुत गरिएको थियो । […]
ह्यापी किड्सका विद्यार्थीहरु दिक्षित
२५ चैत, सोमबार । सूर्यविनायक नगरपालिका सल्लाघारी कटुन्जे अवस्थित ह्यापी किड्स मन्टेश्वरीको एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरुको आज दिक्षान्त समारोह सम्पन्न भयो । पूर्व प्रा.वि. तह उत्तीर्ण भएको अवसरमा १३ जना विद्यार्थीहरुलाई आज एक समारोहबीच दिक्षित गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल (इसान)का भक्तपुर जिल्ला अध्यक्ष तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल श्री कृष्णराम […]
हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण […]
