भक्तपुर, माघ २८ गते ।
भक्तपुरको सल्लाघारीस्थित प्रतिष्ठित शैक्षिक संस्था ह्याप्पी किड्स मन्टेश्वरीको आयोजनामा एक दिवसीय ’अभिभावक अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको भूमिकाबारे स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल, इसान (क्ष्क्ब्ल्) भक्तपुर जिल्ला समितिका अध्यक्ष श्री कृष्णराम त्वानाबासुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सम्बोधनका क्रममा प्रमुख अतिथि त्वानाबासुले प्रारम्भिक बाल्यकालको शिक्षा र अभिभावकको संलग्नताबारे प्रकाश पार्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले ह्याप्पी किड्स मोन्टेश्वरीले यस क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै इसानको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उहाँले मन्टेश्वरी शिक्षाले बालबालिकाको जग बलियो बनाउँदै संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथि एवं मुख्य विषय वक्ताको रूपमा लावण्य इन्टरनेशनलकी कार्यक्रम निर्देशक श्री पूजा शाह रहनुभएको थियो । उहाँले ’बालबालिकाको मनोविज्ञान र घरमा अभिभावकको व्यवहार’ विषयमा प्रस्तुत गर्नुहुँदै बालबालिकालाई आत्मनिर्भर, आत्मविश्वासी र सृजनशील बनाउन अभिभावक शिक्षाको आवश्यकता औंल्याउनु भयो । शाहले बालबालिकालाई प्रविधिको लतबाट जोगाएर रचनात्मक कार्यमा कसरी सहभागी गराउने भन्नेबारे व्यावहारिक सुझावहरू दिनुहुदै बालबालिकाको मनोविज्ञान, उमेरअनुसारको सिकाइ प्रक्रिया र अभिभावकले ध्यान दिनुपर्ने पक्षबारे जानकारी दिनुभयो ।
ऋभिभावक अभिमुखीकरणका साथै कार्यक्रममा विद्यालयका साना बालबालिकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्लेग्रुपदेखि युकेजी (ग्प्न्) सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुतीहरु गर्दै आफ्नो प्रतिभाहरु स्टेजमा प्रस्तुत गर्दा उपस्थित अभिभावकहरू मन्त्रमुग्ध भएका थिए ।
विद्यालयका प्रिन्सिपल श्री जोशन मचामसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्कुल इन्चार्ज मेलिना बस्नेतले गर्नुभएको थियो । अध्यक्षको आसनबाट स्वागत मन्तव्यका क्रममा प्रिन्सिपल मचामसीले विद्यालयको शैक्षिक गतिविधि, आगामी योजना तथा बालमैत्री शिक्षण विधिबारे जानकारी गराउँदै बालबालिकालाई सुरक्षित, सिकाइमैत्री र खुसीको वातावरण दिन विद्यालय प्रतिबद्ध रहेको बताए । उनले आजका बालबालिकाको प्रस्तुति नै विद्यालयको शिक्षाको जीवन्त उदाहरण रहेको धारणा राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।






