Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

इसान अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा विद्या आर्जन स्कूलको निरीक्षण

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा भक्तपुर नगरपालिका वडा नं. ५, आदर्श बस स्टप नजिकै रहेको विद्या आर्जन स्कूलको निरीक्षण गरेका छन् । यसरी निरीक्षण गर्नुको उद्देश्य इसान आवद्ध विद्यालयहरूको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीहरूको विकासमा आपसी सहयोग गर्न र गराउन विद्यालय निरिक्षण गरेको बताइएको छ । निरीक्षणका क्रममा अध्यक्ष थापाले विद्यालयको प्रशासन, पुस्तकालय, प्रयोगशाला, खेल मैदान, कक्षाकोठा लगायतका विभिन्न पक्षहरूको अवलोकन गरी आवश्यक सुझाव पनि दिनुभएको थियो ।

थापाले विद्यार्थीहरूसँग कुराकानी गर्दै भाषा सिक्नका लागि व्याकरणमा मात्र ध्यान दिनु आवश्यक छैन । निरन्तर अभ्यास र संवादबाट सजिलै भाषा सिक्न सकिन्छ भन्ने विचार राखे । उनले विद्यार्थीहरूलाई प्रोत्साहन दिन पुरस्कार वितरण पनि गरे ।

विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछा र प्रि–स्कूल इन्चार्ज मणिकला राईले अध्यक्ष थापालाई फूलको गुच्छाबाट विद्यालयमा स्वागत गरेका थिए । विद्यालयले गरेको शैक्षिक प्रगतिलाई उनले सराहना गर्दै आवश्यक सहयोगको आश्वासन दिएका थिए ।

यसरी निरीक्षणबाट विद्यालयको शैक्षिक प्रगति र भौतिक सुविधाको अवस्था अनुगमन भएको छ । इसानले यस्ता निरीक्षणहरू मार्फत सदस्य विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रवद्र्धनमा सहयोग गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top