Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न

हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण र आर्ट एण्ड क्राफ्ट लगायतका विषयमा तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको प्रयोग गरी कलात्मक सामग्रीहरू बनाएर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए । विषयगत परियोजना प्रदर्शनी बाहेक उक्त कार्यक्रममा विपद् जोखिम न्यूनकिरण सम्बन्धी शैक्षिक खेलहरुको प्रदर्शनी गरिएका थियो । प्रदर्शनीमा स्काउट गतिविधि अन्तर्गत भएका Tristle Bridge, Tyre Wall, Sun Blindness, Put the Bindi, Target point तथा Pillow Fighting जस्ता आकर्षक प्रस्तुतिहरूले सबैको ध्यान खिचेको थियो ।

विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासूले यस्ता परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान बढ्ने, स्वअध्ययनको बानी विकास हुने, सहकार्यको भावना सिक्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढ्ने बताए । “हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान पनि दिन चाहन्छौं । यस्ता प्रदर्शनीले उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्छ,” उनले भने ।

प्रदर्शनीमा ९४ जना विद्यार्थीले परियोजना प्रस्तुत गरेका थिए भने २६ जना विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका थिए । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरु बाहेक सूर्यदीप इङ्गलिश सेकेण्डरी स्कूल, विद्या आर्जन इङ्गलिश स्कूल, जागृति माद्यामिक विद्यालय ज्ञान विजय आधारभूत बिद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पनि सो प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ उत्साह र सिर्जनात्मकताको भावना जगाएको थियो । विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top