Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन

जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन

भक्तपुर — नेपालको विद्यालय शिक्षा प्रणाली, शिक्षण सिकाइका अभ्यास तथा विद्यालयमा भइरहेका नवीन र प्रभावकारी शैक्षिक गतिविधिहरूको अध्ययन तथा अवलोकनका लागि जापानको कोबेबाट आएको शिक्षकहरूको टोलीले हिमालयन ग्लोरी इ. स्कूलको भ्रमण गरेको छ।

जापानका शिक्षक, पत्रकार तथा दोभासेसहित १७ सदस्यीय टोली विद्यालयमा आएको थियो। टोलीमा कोबेबाट आएका ८ जना जापानी शिक्षक तथा २ जना समाचार लेखक/पत्रकार लगायत दोभासेहरूको सहभागिता रहेको थियो। जापानी शिक्षकहरू नेपालको विद्यालय शिक्षाका असल अभ्यासहरूबारे प्रत्यक्ष जानकारी लिन तथा विद्यालयमा भइरहेका प्रभावकारी गतिविधिहरूको अवलोकन गर्न नेपाल आएका हुन्।

टोलीलाई विद्यालयमा विद्यार्थीहरूले बिहानै बासुरीको मधुर धुन बजाउँदै परम्परागत शैलीमा स्वागत गरेका थिए। विद्यालयका प्रधानाध्यापक श्री कृष्ण राम त्वनाबासुले जापानी अतिथिहरूलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो भने शिक्षक श्यामसुन्दर सरले फूलको गुच्छा प्रदान गरी स्वागत गर्नुभएको थियो।

भ्रमणका क्रममा जापानी शिक्षकहरूले विद्यालयमा सञ्चालन भइरहेको कक्षा शिक्षण तथा सिकाइ प्रक्रियाको प्रत्यक्ष अवलोकन गरेका थिए। नेपाली शिक्षकहरूले सञ्चालन गर्नुभएको कक्षा अवलोकन गर्नुका साथै जापानी शिक्षकहरूले समेत विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा कक्षा सञ्चालन तथा अन्तरक्रिया गरेका थिए। यस क्रममा दुवै देशका शिक्षकहरूले शिक्षण विधि, विद्यार्थी सहभागिता र सिकाइ वातावरणबारे अनुभव आदानप्रदान गरेका थिए।

विद्यालयको DRR (Disaster Risk Reduction) Club का विद्यार्थीहरूले जापानी शिक्षकहरूका लागि विपद् जोखिम न्यूनीकरण तथा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक खेलहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले खेलका माध्यमबाट विपद्को समयमा अपनाउनुपर्ने सावधानी, सहकार्य तथा सुरक्षित व्यवहारबारे अतिथिहरूलाई जानकारी गराएका थिए।

भ्रमणका क्रममा जापानी शिक्षकहरूलाई भक्तपुरका मौलिक तथा परम्परागत खेलहरूको समेत परिचय गराइएको थियो। विद्यार्थीहरूले ‘कसिमला पाय’‘बाघ चाल’ लगायतका स्थानीय मौलिक खेलहरू खेलाएर नेपाली संस्कृति, परम्परा तथा स्थानीय ज्ञानसँग जापानी अतिथिहरूलाई परिचित गराएका थिए। जापानी शिक्षकहरूले विद्यार्थीहरूसँगै ती खेलमा सहभागी हुँदै निकै उत्साहपूर्वक अनुभव लिएका थिए।

कार्यक्रमको अन्त्यमा जापानी शिक्षकहरूले विद्यालयका प्रधानाध्यापक श्री कृष्ण राम त्वनाबासुसँग विभिन्न विषयमा जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफल गरेका थिए। छलफलमा नेपालको विद्यालय शिक्षा, शिक्षण पद्धति, विद्यार्थीको सहभागिता, विद्यालयमा सञ्चालन भइरहेका अतिरिक्त क्रियाकलाप, विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास तथा विद्यालयका असल अभ्यासहरूबारे जानकारी आदानप्रदान गरिएको थियो।

यस भ्रमणले नेपाल र जापानबीचको शैक्षिक अनुभव, संस्कृति र असल अभ्यासको आदानप्रदानलाई थप मजबुत बनाउनुका साथै शिक्षक तथा विद्यार्थीबीच अन्तर्राष्ट्रिय सहकार्य र सिकाइको अवसर सिर्जना गरेको विद्यालयले जनाएको छ।

जापानी शिक्षकहरूको उक्त भ्रमणले नेपाली विद्यालयमा भइरहेका स्थानीय, सिर्जनात्मक तथा विद्यार्थीकेन्द्रित शिक्षण अभ्यासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top