भक्तपुर, २७ चैत्र । हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलको प्राङ्गणमा आज भव्य एवम् हर्षोल्लासपूर्ण कार्यक्रमका बीच किन्डरगार्टेन स्नातक समारोह सम्पन्न भएको छ । पूर्व प्रावि तहको अध्ययन पुरा गर्दै औपचारिक विद्यालय शिक्षामा प्रवेश गर्ने एसकेजीका विद्यार्थीहरू दिक्षित गर्न आयोजित सो समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल श्री कृष्णराम त्वानबासुले […]
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणात्मक विकास नै समृद्ध समाजको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ । हिमालयन ग्लोरी इङ्गलिश स्कूलको आयोजनामा सम्पन्न भव्य अभिभावक दिवस, विद्यार्थी—शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालयको उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी एवं समर्पित शिक्षक, अनुशासित विद्यार्थी र विद्यालयलाई सदैव साथ दिने सचेत अभिभावकको सामूहिक प्रयासबाट मात्रै शैक्षिक […]
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर, माघ २८ गते । भक्तपुरको सल्लाघारीस्थित प्रतिष्ठित शैक्षिक संस्था ह्याप्पी किड्स मन्टेश्वरीको आयोजनामा एक दिवसीय ’अभिभावक अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको भूमिकाबारे स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल, इसान (क्ष्क्ब्ल्) भक्तपुर जिल्ला समितिका अध्यक्ष श्री […]
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
भक्तपुर, संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुरको चौंथो जिल्ला अधिवेशन भक्तपुरको होटल सिटी गाउँमा सम्पन्न भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ, जसको अध्यक्षमा कृष्णराम त्वानाबासू पुनः निर्वाचित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका अध्यक्ष नारायणमान […]
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलबाट एसईई परीक्षा २०८१ मा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि साविक भ.न.पा. वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य श्री रवीन्द्र खर्बुजाले उच्च शिक्षाको विषय छनौट आफ्नो क्षमता, चाहना र अभिभावकको भावनाअनुसार गर्नुपर्ने सुझाव दिनुभयो । […]
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
संस्थागत विद्यालय संघ नेपाल इसान) भक्तपुर जिल्ला समितिको आयोजना तथा विद्या आर्जन सेकेन्डरी स्कुलको संयोजनमा २११ औं भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो । कविता प्रतियोगिताका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठले कविता समाज परिवर्तनको लागि सृजना गर्नु पर्ने बताउनुहुदै कविताकै माध्यम जनताको समस्या उजागर गर्नुपर्ने […]
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
यस्तो विषयमा चासो हुनेलाई पढ्दा पक्कै मज्जा आउने छ – BBC, CNN, France24 म तिमीहरुलाई हेरिरहेको छु। म तिमीहरूको सबै झुटहरु बताईरहेको छु। म ईब्राहिम ट्राओरे, र म आज तिमीहरूको नकाव उतार्न लागिरहेको छु। हो, तिमीहरूले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमीहरूले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमीले खतरनाक तानाशाहका रुपमा […]
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
जेठ १८ गते आईतबार । सिथी नखा अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले […]
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
चैत्र २७ गते भक्तपुर । शहिदस्मृत्ति खेलमैदान, इत्ताछेस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा आज पूर्व प्रा.वि.तह पुरा गर्दै प्रा.वि.तहको औपचारिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीहरुको निमित्त दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिका साविक १५ नं. वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका विद्यार्थीहरुको प्रतिभा पनि प्रस्तुत गरिएको थियो । […]
