Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणात्मक विकास नै समृद्ध समाजको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ । हिमालयन ग्लोरी इङ्गलिश स्कूलको आयोजनामा सम्पन्न भव्य अभिभावक दिवस, विद्यार्थी—शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालयको उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी एवं समर्पित शिक्षक, अनुशासित विद्यार्थी र विद्यालयलाई सदैव साथ दिने सचेत अभिभावकको सामूहिक प्रयासबाट मात्रै शैक्षिक लक्ष्य प्राप्ति हुनेमा जोड दिनुभयो । भक्तपुरका अग्रजहरूको ऐतिहासिक योगदानलाई स्मरण गर्दै उहाँले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न नगरपालिकाले स्तरीय जनज्योति पुस्तकालय सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । उहाँले ‘समान शिक्षा र समान व्यवहार’ आजको समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै नयाँ पुस्तालाई स्वस्थ प्रतिस्पर्धाको भावनाका साथ देश निर्माणको महाअभियानमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रजापतिले भक्तपुरका सामुदायिक र निजी विद्यालयहरू बीच गुणस्तरीय शिक्षाका लागि भइरहेको प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिँदै शैक्षिक क्षेत्रमा हुने बन्द र हड्तालले विद्यार्थीको भविष्यमा गम्भीर असर पु¥याउने बताउनुभयो । उहाँले यस्ता अवरोधहरूलाई बुद्धिमा बिर्को लगाउनु’ सँग तुलना गर्दै विद्यालयहरूलाई सधैं निर्बाध रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासुले विद्यालयले सधैं नैतिकता, अनुशासन र समयसापेक्ष सीपयुक्त दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेर शिक्षा प्रदान गरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रविन्द्र खर्बुजाले भक्तपुरको शैक्षिक लगानीको प्रतिफल अहिले समाज विकासमा देखिन थालेको र नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशभरकै विद्यार्थीलाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेर एउटा नमूना पेश गरेको बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाले मात्रै आम जनताका आधारभूत समस्याको वास्तविक समाधान दिने तर्क समेत गर्नुभयो ।

कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थी, शिक्षक र अभिभावक तीनै पक्षमा अध्ययनको रुचि हुनुपर्ने र यसले पेशागत तथा व्यवहारिक जीवनमा सकारात्मक ऊर्जा थप्ने उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरू र विद्यालयमा लामो समयदेखि अटुट सेवा पु¥याउँदै आएका समर्पित शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । यसैगरी शैक्षिक सत्र २०८१ मा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट नतिजा हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो । औपचारिक सत्रको समाप्ति पश्चात् प्लेग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न २४ वटा आकर्षक सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले उपस्थित अभिभावक र पाहुनाहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

Back To Top