Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए

इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन

भक्तपुर,  संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुरको चौंथो जिल्ला अधिवेशन भक्तपुरको होटल सिटी गाउँमा सम्पन्न भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ, जसको अध्यक्षमा कृष्णराम त्वानाबासू पुनः निर्वाचित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले शिक्षामा रूपान्तरणको आह्वान गर्दै शिक्षाक्षेत्रमा व्याप्त विसंगति विरुद्ध कानुनी संघर्ष गर्न अनि विद्यार्थीहरूलाई राम्रो नागरिक बनाउने मूल उद्देश्यलाई प्राथमिकता दिन आग्रह गरे।

उनले सरकारले विद्यार्थीहरूलाई छात्रवृत्ति दिनु पर्ने, निजी विद्यालयहरूले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने र वल्र्ड बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको ‘शिक्षामा अनुदान हुँदैन’ भन्ने विचारको विरोध गर्नुपर्ने बताए। “हाम्रो सरकार विदेशी दलाल हो,” भन्दै बिजुक्छेंले विदेशी लगानीको वास्तविक उद्देश्यप्रति सचेत रहनुपर्ने र शिक्षालाई व्यापारको विषय नबनाउने सन्देश दिए। उनले शिक्षकहरूलाई आफूलाई ‘कार्यकर्ता’ को रूपमा हेर्नुपर्ने, हिनताबोध नराख्नुपर्ने र विद्यार्थीहरूलाई राजनीतिक भूगोल, इतिहास जस्ता विषयबाट सशक्त बनाउनुपर्ने जोड दिए।

कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले संघले देश र जनताको सेवा गर्दै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बताए। उनले राज्यले शिक्षाको क्षेत्रमा आफ्नो दायित्व पूर्ण रूपमा लिनुपर्ने, एउटै किसिमको र निःशुल्क शिक्षाको व्यवस्था मजबुत गर्नुपर्ने र शिक्षामा लगानी बढाउनुपर्ने माग राखे।

केन्द्रीय महासचिव पुरुषोत्तम ग्वाछाले विद्यालयहरूलाई संस्थागत रूपमा विकास गर्नुपर्ने र विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा सक्षम बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

केन्द्रीय कोषाध्यक्ष उकेश कवांले नेपालको संविधानमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था भएतापनि राज्यले यसलाई कार्यान्वयन गर्न नसकेको आरोप लगाए। उनले भने, “राज्यले शिक्षाको दायित्वबाट नै भागेको छ। जबसम्म श्रमलाई माया गर्ने शिक्षा दिइदैन, तबसम्म वास्तविक जनताले शिक्षा पाउन कठिन छ।”

अधिवेशनमा इसान भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम त्वानाबासूले प्रगति प्रतिवेदन पेश गर्दै संघको मूल धारणा बताए – “राज्यले शिक्षाको दायित्व लिने र निजी विद्यालयहरू सेवामूलक ढंगले सञ्चालन गरी अन्ततः राज्यलाई नै हस्तान्तरण गर्ने।”

कार्यक्रम जिल्ला समितिका उपाध्यक्ष कृष्ण राम दुवालको स्वागत भाषणले सुरु भएको थियो। अधिवेशनको दोस्रो चरणबाट कृष्ण राम त्वानाबासूको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचन मार्फत गठन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top