Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न

भक्तपुर, असोज ७ । हिमालयन ग्लोरी स्काउट ट्रुपको आयोजनामा सात दिने छात्रा स्काउट साइकल प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । नियो फ्युजन ओपन रोभर रेन्जर क्रूको प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा ३६ जना ३६ स्काउटसदस्यहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन ४५ औं नेपाल भाषा साहित्य तःमूज्या ग्वसाखलका अध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उहाँले साहित्य र कलाको माध्यमले समाजमा सचेतना फैलाउने विषयमा जोड दिँदै स्काउटले देशप्रतिको भक्ति र समाजसेवाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उक्त समारोहमा विशेष अतिथि भक्तपुर नगरपालिकास्थानिय स्काउट परिषद्का प्रमुख आयुक्त बालकृष्ण बनमालाले स्काउट शिक्षालाई बालबालिकाहरूलाई व्यावहारिक जीवनकला सिकाउने ’अमृत’ को रूपमा वर्णन गर्नुभयो । उहाँले स्काउट शिक्षाले युवाहरूलाई अनुशासन, एकताका साथै कठिन परिस्थितिमा पनि अगाडि बढ्न सिकाउने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमका संयोजक न्हुज किजुले महिला साइकल सवारीको महत्त्व दर्शाउँदै किशोरीहरूलाई साइकल सिकाउने यो पहल शुरु गरिएको बताउनुभयो । उहाँले सुरुमा यो चुनौतिपूर्ण भए तापनि सहभागीहरूको उत्साहले यसलाई अन्य स्कूलहरूमा पनि विस्तार गर्न प्रेरित गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति तथा हिमालयन ग्लोरी इङ्लिश स्कूलका प्रधानाध्यापक कृष्णराम त्वानाबासूले आफ्नो विद्यालयमा १५ वर्षदेखि स्काउट गतिविधिहरू सफलतापूर्वक संचालन भइरहेको र यसले विद्यार्थीहरूको शैक्षिक र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्याएको प्रसन्नता व्यक्त गर्नुभयो ।

स्थानीय स्काउट परिषद्का सामुदायिक विकास आयुक्त एवं विद्यालयका स्काउट मास्टर पुष्पा प्रजापतिले स्वागत दिनुभएको उक्त कार्यक्रममा रोभर बिमल बाहाल, स्काउट छात्रा सुभेक्छा पक्का र श्रेश्ना सैंजूले पनि बोल्नुभएको थियो ।

Back To Top