Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न

संस्थागत विद्यालय संघ नेपाल इसान) भक्तपुर जिल्ला समितिको आयोजना तथा विद्या आर्जन सेकेन्डरी स्कुलको संयोजनमा २११ औं भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो । कविता प्रतियोगिताका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठले कविता समाज परिवर्तनको लागि सृजना गर्नु पर्ने बताउनुहुदै कविताकै माध्यम जनताको समस्या उजागर गर्नुपर्ने बताउनुभयो ।

इसानले विद्यार्थी बीच कविता लेखनमा उत्साही बनाउन, कविताकै माध्यमबाट समाजमा ब्याप्त कुरीति हटाउन र बिकृति उजागर गर्न प्रतियोगिता सफल हुनेमा विश्वास ब्यक्त गर्नुभयो । वहाँले प्रतियोगीहरुलाई गरिब जनताको उत्थानको निम्ति कविता सृजना गर्न र भूगोल, इतिहास, साहित्य, संस्कृति आदिबारे अध्ययन गर्न सुझाउनु भयो ।

प्रतियोगिता संयोजन विद्यालयका प्रिन्सिपल एवं इसानका केन्द्रीय महासचिव पुरुषोत्तम ग्वाछाले स्वागत मन्तब्य राख्नुहुदै साहित्य सृजनामा इसान अन्तरगतका विद्यालयमा अध्ययन गर्ने विद्यार्र्थीलाई थप अग्रसरता दिन प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं हिमालयन ग्लोरी इङ्गलिश सेकेन्डरी स्कुलका प्रिन्सिपल कृष्ण राम त्वानाबासुको सभापतित्वमा भएको उक्त कविता प्रतियोगितामा आफ्नो भनाइ राख्दै सभापति त्वानाबासूले गत वर्षभन्दा यो वर्ष प्रतियोगी विद्यार्थी संख्या बढी भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै हरेक क्षणलाई सिकाइको बिन्दु मानेर सिक्ने अनि हरेक कार्यक्रमबाट, हरेक व्यक्तिबाट सिक्न खोज्ने हो भने तपाईका् विजयलाई कसैले रोक्न नसक्ने बताउँदै सिक्न हरदम तयार विद्यार्थीले नै सफलता पाउने कुरामा जोड दिनुभयो ।

शिक्षकद्वय जीवनाथ अधिकारी र दीनानाथ पोख्रेलले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निभाउनु भएको थियोे । प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा विद्यालयबाट जम्मा २४ जना प्रतियोगीले कविता वाचन गरेका थिए ।

उक्त प्रतियोगितामा सूर्य दीप सेकेन्डरी स्कूलका छात्र सक्षम नेपाल प्रथम, फ्युचर स्टार सकेण्डरी स्कूलका छात्र प्रज्वल दाहाल द्वितीय, ब्राइटस्टार सेकेन्डरी स्कूलकी छात्रा न्गीमा लामा तृतीय र लिशा सेकेन्डरी स्कूलकी छात्रा मिनिता तोलाङ्गेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए । बिजेताहरुलाई प्रमुख अतिथि थापाले मेडल ट्रफी तथा प्रमाणपत्रका साथै सहभागी विद्यालयलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक सुमन तामाङले प्रतियोगिता संचालन र धन्यवाद दिनुभएको थियो ।

One thought on “भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top