Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न

भक्तपुर, २५ असार ।

हिमालयन ग्लोरी स्कूलमा भव्यताका साथ ‘वल्र्डकप फुटबल मेनिया २०२६’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाउने र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले उक्त विशेष कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका साना विद्यार्थी भाइबहिनीहरूले विशेष उत्साहका साथ सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न समूहमा विभाजित भई मैत्रीपूर्ण फुटबल खेलेर रमाइलो गरेका थिए। साना खेलाडीहरूको खेल कौशल र उत्साह हेर्नलायक थियो।

खेलकुदसँगै कार्यक्रममा सांस्कृतिक रौनकता पनि थपिएको थियो। कक्षा ३, कक्षा ६ र कक्षा ८ का विद्यार्थी भाइबहिनीहरूले विभिन्न चर्चित वल्र्डकप गीतहरूमा उत्कृष्ट नृत्य प्रस्तुती दिएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै, विद्यालयका प्रतिभावान विद्यार्थीहरू सन्देश मगर, इजोन अवाल र कृष्टल गुरुङले स्टेजमा आफ्नो उत्कृष्ट फुटबल स्किल (फुटबल चलाउने कला) प्रदर्शन गर्दा दर्शकदीर्घाबाट निकै वाहवाही पाएका थिए।

मुख्य आकर्षण र फोटोसेशन

उक्त ‘फुटबल मेनिया’ को मुख्य आकर्षण भने विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासूद्वारा गरिएको वल्र्डकप ट्रफीको अनावरण रहेको थियो। ट्रफी अनावरण भएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। कार्यक्रमको समापनतिर प्रिन्सिपल त्वानाबासूको साथमा विद्यार्थीहरूले कक्षागत र समूहगत रूपमा ट्रफीसँगै यादगार फोटोसेशन समेत गरेका थिए।

खेलकुद र मनोरञ्जनले भरिपूर्ण यस कार्यक्रमले विद्यार्थीहरूमा सामूहिक भावना र खेलप्रतिको लगाव बढाउन ठूलो मद्दत पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

Back To Top