Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

सूर्यदीप स्कुलको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

भक्तपुर ,२६ चैत विद्यार्थीहरूले आफ्नो चौतर्फी विकास गर्दै सामाजिक ,सांस्कृतिक तथा देश विकासका निमित्त आफूलाई तयार पार्न आग्रह गर्दै माननीय सांसद सुरेन्द्रराज गोसाइले विद्यार्थीहरूलाई आफ्नो जीवनको अमूल्य समय शर्ट भिडियो र गेममा धेरै खर्च नगर्न सुल्झाउनु भएको हो। सूर्यदीप ईङ्लिस सेकेण्डरी स्कुल ले आयोजना गरेको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रममा बोल्दै गोसाइले विद्यार्थीहरूले अबको समय आफ्नो घरपरिवार आफन्तजन देखि सामाजिक कार्यलाई समेत छुट्याई पहिला आफ्नो देश चिनेर देश बनाउन अनि मात्र विदेश जानु अत्यन्त राम्रो हुने भन्दै हाल फेसन जस्तै भएको १२ पास लगत्तै कम उमेरमै विदेश जाने चलन रोक्नुपर्ने र ऊर्जाशील समय देश विकासमा लाग्नु पर्ने बताउनुभयो।

यसैगरी विद्यार्थीहरूले समाज परिवर्तनका निमित्त अहम भूमिका खेल्न सक्ने कुरा बताउँदै विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी समाज र देशलाई सुन्दर बनाउने काममा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै संस्थागत विद्यालय संघ इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले उत्कृष्ट विद्यार्थीहरुलाई अबको समय केही नयाँ काम गर्दै जीवनमा इतिहासले, देशले गौरव गर्न लायक काम गर्न प्रेरित गर्नुभयो।

यसै कार्यक्रममा बोल्दै इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले विद्यार्थीहरूलाई एसइइ पछिको ९० दिन बाँकी समय भविष्य तय गर्ने सोच्ने र तयारी गर्ने समय रहेको कारण यो समय खेर नफाल्न आग्रह गर्नुभएको हो। यस समय परिवार, आफन्तजन तथा सामाजिक घुलमिल हुँदै बाँकी भविष्यको लक्ष्यअनुसार आफ्नो अध्ययनलाई जोड्ने समय रहेको बताउनुभयो।

कार्यक्रममाका सभापति स्कुलका प्रिन्सिपल लक्ष्मीप्रसाद प्रजापतिले विद्यार्थीहरुलाई अबको समय आफ्नो भविष्य राम्रो बनाउनका लागि अन्य कुरामा समेत अब्बल बनाई सामाजिक काममा समेत लागि पर्न सुल्झाउनु भएको हो । र्विद्यार्थीहरूको मेहनत संघर्ष र उपलब्धिहरुलाई सम्मान गर्दै भावी यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको हो।

Back To Top