Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध

भक्तपुर । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सरकारले हालै गरेका शैक्षिक निर्णयहरूप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्ले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि इसानले यसको विरोध गरेको हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै इसानका महासचिव पुरुषोत्तम ग्वाछाले सरकारको यो कदमले शैक्षिक क्षेत्र झन् अस्तव्यस्त र अस्थिर हुने दाबी गर्नुभएको छ।

विज्ञप्तिका मुख्य माग आपत्तिहरू:

  • वैशाख पहिलो हप्ताबाटै सत्र सुरु हुनुपर्ने: शिक्षा ऐन अनुसार वैशाख २ गतेदेखि नै शैक्षिक सत्र सुरु हुँदै आएकोमा सरकारले १५ गते पुर्‍याउँदा अन्योल बढेको इसानको ठहर छ। क्यालेन्डर बनिसकेको अवस्थामा तयारीका नाममा लामो बिदा आवश्यक नभएको विज्ञप्तिमा उल्लेख छ।
  • दुई दिने बिदा व्यवहारिक नभएको: हप्तामा दुई दिन बिदा दिँदा पाठ्यक्रमको उद्देश्य पुरा गर्न समय अपुग हुने र यसले विद्यार्थीको सिकाइ विकासमा बाधा पुग्ने बताइएको छ। अभिभावकहरूबाट पनि यसबारे व्यापक गुनासो आएको इसानले जनाएको छ।
  • स्थानीय तहको अधिकारमा हस्तक्षेप: विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएको अवस्थामा केन्द्रबाट निर्देशन दिनु संविधान विपरीत र विरोधाभासपूर्ण रहेको इसानको तर्क छ।
  • परीक्षा गुणस्तर: कक्षा ५ सम्मको परीक्षा नै नलिने वा खुकुलो बनाउने कुराले विद्यार्थीको जग कमजोर हुने भन्दै परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन माग गरिएको छ।
  • पूर्वाधार सुविधा: सरकारले विद्यालयहरूमा विज्ञान, गणित र कम्प्युटर प्रयोगशाला बनाउनुपर्ने तथा विद्यार्थीका लागि चिडियाघर, सङ्ग्रहालय र पार्कहरूमा निःशुल्क प्रवेशको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।

विज्ञप्तिमार्फत इसानले मौसमको अनुकूलतालाई ध्यान दिँदै वैशाख पहिलो हप्तामै पठनपाठन सुरु गर्न र शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्दा सरोकारवालासँग छलफल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

साथै इसान भक्तपुर जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासूले जिल्ला भरिका सदस्य विद्यालयहरुलाई बैशाख ६ गते आइतबारदेखि नै विद्यार्थीहरुलाई विद्यालय बोलाएर नयाँ शैक्षिक सत्रको लागि तयारी कक्षाहरु संचालन गर्नगराउन अनुरोध समेत गर्नुभयो ।

Back To Top