Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु

भक्तपुर । २०८१ भदौ २५, मंगलबार ||

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा व्ठ फुटसल च्याम्पियनशीप आजबाट शुरु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले विद्यार्थीको भविष्य उज्ज्वल बनाउने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताउनुभयो ।

प्रमुख प्रजापतिले कुनै पनि काम सानो ठूलो नहुने बताउँदै श्रमलाई माया गर्नुपर्छ भन्नुभयो । कठिन मेहनत र परिश्रमले विद्यार्थीलाई सफल बनाउने बताउँदै उहाँले खेलकुद गतिविधिलाई निरन्तरता दिन सके शारीरिक र मानसिक रुपले स्वस्थ र तन्दुरुस्त रहन मद्दत पुग्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगितालाई चालु राखेको बताउँदै सरकारको भर नपरी भक्तपुर नपाले आफ्नै स्रोत साधनले खेलकुद क्षेत्रको विकासमा विशेष पहल गर्दै आइरहेको बताउनुभयो ।

इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुको बौद्धिक र मानसिक विकास सँगसँगै शारीरिक विकासको लागि पनि खेलकुदले महत्वपूणर् भूमिका खेल्ने बताउँदै इसानले विद्यार्थीहरुको समग्र विकासको लागि अतिरिक्त क्रियाकलापलाई  जोड दिँदै आएको बताउनुभयो ।

इसान जिल्ला समितिका अध्यक्ष कृष्णराम त्वानाबासुले इसान आबद्ध विद्यालयका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको बताउँदै विद्यार्थीहरुले जित्ने वा सिक्ने भावनाले खेलकुद प्रतियोगितामा भाग लिन प्रेरित गर्नुभयो ।

सूर्यदिप इ. स्कूलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतिले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक मोहन भुजेलले पनि बोल्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै रेफ्रिलाई बल हस्तान्तरण गर्नुभएको थियो ।

One thought on “Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु

Comments are closed.

Back To Top