Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

विद्या आर्जन इंग्लिश स्कूलमा जूनियर एजुकेशन एक्सपो सम्पन्न

विद्यार्थीहरूको शैक्षिक, मानसिक तथा व्यावहारिक क्षमतालाई विकास गराउने उद्देश्यले विद्या अर्जन इंग्लिश स्कूलद्वारा आयोजित “जूनियर एजुकेशन एक्सपो २०८१” भव्य रूपमा सम्पन्न भएको छ।  इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विरुवामा पानी छर्की कार्यक्रमको उद्घाटन गरेका थिए। यो एक्सपो विद्यार्थी, अभिभावक तथा शिक्षकहरूका लागि शैक्षिक र रचनात्मक अनुभवको महोत्सव बनेको थियो। 

एक्सपोको प्रमुख आकर्षण विद्यार्थीहरूलाई प्रायोगिक ज्ञान (Practical Knowledge) प्रदान गर्ने रहेको थियो। यसरी उनीहरूले किताबी विषयहरूसँगै वास्तविक जीवनमा प्रयोग हुने सीपहरू सिक्ने अवसर पाए। विद्या अर्जन इंग्लिश स्कूलका प्रधानाध्यापक पुरुषोत्तम ग्वाछाले भने, “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सिर्जनशील, अनुसन्धात्मक र समस्या समाधान गर्न सक्षम बनाउनु हो। यस कार्यक्रमले उनीहरूलाई नयाँ प्रविधि, टिमवर्क र नेतृत्व क्षमता विकास गर्न प्रेरित गरेको छ।” 

एक्सपोमा विद्यार्थीहरूले टिमवर्क, नेतृत्व, वित्तीय साक्षरता, प्राथमिक उपचार, र आपतकालीन व्यवस्थापन जस्ता जीवनमा उपयोगी सीपहरू सिके। यसले उनीहरूलाई वास्तविक जीवनका चुनौतीहरूसँग सामना गर्न तयार पार्न मद्दत गरेको छ।  एक अभिभावक बलराम न्हिसुतूले भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउँछ। उनीहरूले पुस्तकीय ज्ञान मात्र नभएर व्यावहारिक अनुभव पनि प्राप्त गर्छन्।” 

कार्यक्रमको समापनमा प्रमुख अतिथि प्रेमजन थापाले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै भने, “यसले विद्यार्थीहरूको प्रतिभा र आत्मविश्वासलाई बढाउँछ। यस्ता पहलहरूले उनीहरूलाई भविष्यमा सफल बन्न सहयोग गर्छ।”

जूनियर एजुकेशन एक्सपो २०८१ ले विद्यार्थीहरूलाई नवीनतम प्रविधि, सृजनात्मकता र व्यावहारिक ज्ञानसँग जोड्ने मंच प्रदान गरेको छ। शिक्षक, अभिभावक र विद्यार्थीहरूले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्न आवश्यकता रेखाङ्कित गरेका छन्। 

Rajib Gainju is a contributor at IsanKhabar.com, covering news and information of public interest, including education, society and local developments.
Back To Top