Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

शिक्षकहरुले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त बनाउन प्रेरित गर्नुपर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरुले विद्यार्थीहरुलाई इमानदार, नैतिकवान र देशभक्त बन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा भएको विद्यालय शिक्षकहरुको कार्यशाला गोष्ठीको प्रमुख अतिथि प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको हुँदा हरेक विद्यार्थीहरुलाई देश र समाजको सेवा गर्ने भावनाले काम गर्न सिकाउनुपर्ने बताउनुभयो ।

भक्तपुरको शैक्षिक विकासमा संस्थागत विद्यालय संघ (इसान) को महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले राम्रा राम्रा विद्यार्थीहरु उत्पादन गर्न शिक्षकहरु स्वयम् राम्रो हुनुपर्छ भन्नुभयो ।

समयअनुसारको ज्ञान र प्रविधिबाट आफूलाई शिक्षित गर्न सकिएन भने शिक्षकहरु आ आफ्नो रोजगारीबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ, उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धात्मक भावनाले काम गर्ने प्रयास गरिरहेको बताउँदै नगर प्रमुख प्रजापतिले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउन नसकेसम्म संस्थागत विद्यालयहरुको महत्व नघट्ने बताउनुभयो ।

विद्यालय, कलेज र विश्वविद्यालयहरु ज्ञान प्राप्त गर्ने महत्वपूर्ण थलो हुनुपर्नेमा राजनैतिक भागबण्डाले बन्द, हड्ताल र तालाबन्दीको केन्द्र भइरहेको छ । विद्यार्थीहरुमा नेपालका कलेजहरुप्रति विश्वास नभएर विदेशतिर गइरहेका छन्, उहाँले भन्नुभयो ।

इसानका अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव पुरुषोत्तम ग्वाछाले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाशन पार्नुभएको थियो ।

Back To Top