Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम​

संस्थागत विद्यालय संघ नेपाल Isan Nepal अन्तरगतका माध्यमिक तह सञ्चालित विद्यालयहरूको SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम भयो। उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको थियो। ईसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले शिक्षकहरूले दैनिक छलफल गरी विद्यार्थीलाई बुझेर पढाउनु पर्ने, अभिभावक भेला गरी विद्यार्थीको अवस्था बुझेर अभिभावक शिक्षा दिँदै हाम्रो उद्देश्य विद्यार्थीहरुलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउने हुनु पर्छ भन्नुभयो। उहाँले कम उमेरमै विश्वमा परिचित भएका विभिन्न व्यक्तिहरूको जीवनी, विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू, साहित्यहरू अध्ययन अध्यापन गराउनु पर्ने, देश भक्त विद्यार्थी तयार गर्नु पर्ने दायित्व शिक्षकको हो भन्नु भयो । आफ्नो देशको जागीर प्रति विश्वास नगरी विभिन्न देशमा जानेमात्र नभई हालका दिनहरूमा युद्धग्रस्त देशका सेनामा समेत भर्ना भई रहेको कुरा बताउँदै आज लाखै युवाहरू विदेशमा गई काम गरिरहेको ले हाम्रो देश कसरी विकास हुन्छ भन्नुभयो। विद्यालय परिवर्तनको कारखाना हो भन्नु हुँदै उहाँले विद्यार्थीहरुलाई नै सक्रिय बनाई सिकाइका पक्षहरू सुनाई, बोलाई, पढाई लगायत सम्पूर्ण पक्षकाे विकास गराउन अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताउनु भयो। साथै अन्यायको विरुद्ध सत्यको पक्षमा बोल्न सक्ने र राष्ट्रिय-अन्तर्राष्ट्रिय ज्ञानबाट शिक्षित २१औं शताब्दीको सक्षम व्यक्ति बनाई देशभक्त नागरिक तयार गर्नु पर्ने तर्फ जोड दिनुभयो । 
त्यस्तै गरी वागमती प्रदेशका सासद तथा वालविकास सेकेण्डरी स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूको अभिरूची अनुसार पढाउन सकेमा राम्रो हुने, देशको सिस्टममा आएको खराबीलाई बुझेर हामीले पूर्व योजना बनाई पढाउनु पर्ने कुरा बताउनु भयो ।
भक्तपुर नगर पालिका वडा नं ७ का वडाध्यक्ष एवं इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले सरकारको शिक्षा नीति ने घुलमुल भएकोले विद्यार्थीहरुले पढ्न छोडेकोले शिक्षक आफैले बढी जिम्मेवार भई काम गर्नु पर्ने भन्नुभयो । सम्पूर्ण प्रिन्सिपल तथा प्रतिनिधि शिक्षकहरूले आ-आफ्नो विद्यालयकाे SEE २०८० नतिजाको समीक्षा प्रस्तुत गरिएको साे कार्यक्रममा इंसानका केन्द्रीय सचिव पुरुषोत्तम ग्वाछाले पनि बोल्नु भएको थियो।
साेहि दिन ईसान आवद्ध विद्यालयका विज्ञान र गणित विषय शिक्षकहरूका लागि प्रशिक्षक कृष्ण गाेसाईले एक दिने कार्यशालामा विज्ञान र गणित विषयमा तालिम दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top