Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

एकल गायन प्रतियोगिता सम्पन्न

संस्थागत विद्यालय संघ नेपाल इसान) को आयोजन तथा लिशा इड्डलिस सेकेण्डरी स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय एकल गायन प्रतियोगिता हालै सम्पन्न भयो ।

उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापा श्रेष्ठले राम्रो प्रशिक्षकले कलालाई निखार्ने बताउनु भयो । संगीत एक किसिमको उपचार र राम्रो औषधीको रुपमा मद्दत गर्दछ भन्नु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै इसानका जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासुले इसानले विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम आयोजन गर्दै विद्यार्थीहरुलाई आफ्नो कला प्रदर्शनी गर्ने मौका दि“दै आएको जानकारी गराउनु भयो र यस्ता कार्यक्रमहरु गर्दै जाने र थप हौसला मिल्दै जानेछ जानकारी गराउनु भयो ।

लिशा ई. से. स्कूलका प्रिन्सिपल लिशा प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रमले नया“ अवसरका साथै नया“ अनुभव भएको र कार्यक्रम सफल बनाउन सहयोगी सम्पूर्णमा धन्यवाद दिनु भएको थियो । साथै इसान तालिम संयोजक श्री कर्ण बहादुर प्रजापतिले पनि आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतियोगितामा नियम वाचन निर्णायक सुरज कपालीले गर्नु भएको थियो । गायक, लेखक एवं रचनाकार निर्णायक राजकुमार मानन्धर विद्यार्थीहरुको बलियो पक्ष र सुधार पक्षमा विशेष ध्यानाकार्षण गराउनु भयो साथै निर्णायक सरोज के. सी.ले पनि आफ्नो मन्तव्य दिनु भएको थियो ।

प्रतियोगितामा प्रभात इङ्लिस सेकेण्डरी स्कूलका छात्रा टेरेशा विश्वकर्मा प्रथम, सूर्यदीप सेकेण्डरी स्कूलका छात्र सक्षम नेपाल छात्र द्वितीय र हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलका छात्रा रेन्चेन लामा तृतीय भएका थिए ।

Back To Top