Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलबाट एसईई परीक्षा २०८१ मा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भयो ।

विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सभापति त्वानाबासूले विद्यालयको एसईई नतिजाबारे जानकारी गराउँदै उत्कृष्ट नतिजाका लागि सम्पूर्ण विद्यार्थीहरुमा बधाई दिनुभयो । साथै विद्यार्थीहरुको उत्कृष्ट नतिजा ल्याउन हरक्षण मेहनत गर्नुहुने सम्पूर्ण शिक्षकहरु तथा साथ दिनुभएकोमा अभिभावकहरुलाई समेत धन्यवाद दिनुभयो ।

हाल कक्षा १० अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा कक्षा १० की छात्रा इभाञ्जली बोयजूले यो वर्षको नतिजाबाट अर्को वर्ष हाम्रो नतिजा एवं अध्ययनका लागि हौसला मिलेको बताउनुहँदै अर्को साल अझ राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा एसईई परीक्षामा सफल विद्यार्थीहरु दीपा मगर, प्रशमन बाटी, लबिन प्रधान, सौरभ मानन्धर, कृषा मचामसी लगायतले आ–आफ्नो अनुभव सुनाउनु भएको थियो ।

Back To Top