चैत्र २७ गते भक्तपुर । शहिदस्मृत्ति खेलमैदान, इत्ताछेस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा आज पूर्व प्रा.वि.तह पुरा गर्दै प्रा.वि.तहको औपचारिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीहरुको निमित्त दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिका साविक १५ नं. वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका विद्यार्थीहरुको प्रतिभा पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि खर्बुजाले नेपाल मजदुर किसान पार्टीको एक घर एक स्नातकको अवधारणालाई मूर्त रुप दिन विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान अनुरुप यस विद्यालयले महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पार्नुभयो । समय र परिस्थितिसँगै अहिलेका विद्यार्थीहरु पनि स्मार्ट हुँदै आएको अनुभव सुनाउँदै विद्यार्थी राम्रो हुनुमा शिक्षक र अभिभावकहरुको असल भूमिका र विद्यालयको वातावरण महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।
इसानका महासचिव पुरुषोत्तम ग्वाछाले राज्यले शिक्षाको दायित्व नलिएको वर्तमान अवस्थामा व्यक्तिगत वा सामुहिक रुपमा कम शुल्कमा हाम्रा नानीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापना भएका संस्थागत विद्यालयको छाता संगठन इसान भएको जानकारी गराउँदै शैक्षिक विकासका लागि संस्थागत विद्यालय संघ नेपाल इसानले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरु एवं शैक्षिक गतिविधिमा अभिभावकहरुको पनि सक्रिया सहभागिता आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा सकारात्मक भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताको मिहिनेत र मार्ग निर्देशनले यो विद्यालयको स्थापना भएको र यसले समग्र भक्तपुरको शिक्षाको विकासमा टेवा पु¥याउँदै आएको बताउनु भयो । अभिभावक विद्यार्थी र शिक्षकहरुको त्रिपक्ष सम्बन्धले विद्यालयको जग बलियो हुने स्पष्ट पार्दै विद्यार्थीको सर्वाङ्गिण शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वहाले “हरेक विद्यार्थीले सिक्न सक्छ तर फरक समय र फरक तरिकाले” भन्ने उक्तिलाई आत्मसात गर्दै विद्यालयमा प्रयोग भएको शैक्षिक कार्यक्रमले विद्यार्थीहरु शारिरीक, मानसिक, सामाजिक, संवेगात्मक एवं भाषिक र साँस्कृतिक पक्षको विकास भएको जानकारी दिनुभयो । साथै वहाँले पूर्व प्रा.वि.का ८ जना शिक्षिकाहरुले २ वर्ष लगाएर मन्टेश्वरी तथा पुर्व बालविकास सम्बन्धी तालिम पूरा गरेको जानकारी दिनुभयो । साथै आगामी वर्ष अर्थात शैक्षिक सत्र २०८२ देखि आधारभुत तहको कक्षा १ देखि ५ सम्मको लागि पनि विशेष कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रि प्राइमरी इन्चार्ज कमलश्वरी खर्बुजा र शिक्षिका तुल्सीलक्ष्मी दुमरु, रामलक्ष्मी कासुला तथा निशा घटुवाले पनि बोल्नुभएको थियो ।