Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

शुक्रबार असार २९ गते, भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल इसान, भक्तपुर जिल्ला समितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भयो । भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा राष्ट्रियता, सामाजिक विकृति विसंगती एवं युवा लक्षित कविता विभिन्न शैलिमा उत्साहका साथ वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विषय र संयोजन अनुसार कविता वाचन गर्नुपर्ने विचार व्यक्त गर्नु हुँदै इसानले शारीरिक विकासका लागि खेलकूद एव वौद्धिक विकासका लागि लेखनसंग सम्बन्धित प्रतियोगिता आयोजना अन्तर्गत कविता प्रतियोगिता आयोजना भएको बताउनु भयो । विद्यार्थीको प्रतिस्पर्धाले कविता लेखनमा सुधार आउनु र साहित्यिक व्यक्तित्वहरुलाई सम्झनु भनेको उसको सेवा एव भाषिक विकासको योगदानलाई कदर गर्नु हो भन्नु भयो ।

इसानका महासचिव पुरुषोत्तम ग्वाछाले इसान अन्तर्गतका विद्यालयमा पढ्ने विद्यार्थीहरु बिच सृजनामा प्रतिस्पर्धाको भावना जगाउन र आफूले सिकेका विषयवस्तु प्रस्तुतीमा सहयोग गर्ने हेतुले प्रतियोगिता आयोजना भएको र गर्वको महसुस गराउन प्रतियोगिताले योगदान गर्ने विचार व्यक्त गर्नु भयो ।

इसान भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णराम त्वानाबासूले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आवश्यक हरेक प्रकारका मञ्चहरुको निर्माण गर्न तयार रहेको बताउँदै विद्यार्थी अध्ययनशील हुनु पर्नेमा जोड दिनुभयो । कविता एवं साहित्य निर्माण गर्दा आफू के कस्तो छु वा कुन वर्गप्रति लक्षित गर्ने भन्ने कुरा सोच बिचार गरेर सोही वर्गको हितमा साहित्य निर्माण गर्नसके विद्यार्थीको साहित्यिक भविष्य उज्वल हुने बताउँदै उत्कृष्ट प्रदर्शनीका लागि सबै सहभागीहरुलाई बधाई तथा धन्यवाद दिनुभयो । ए.जे स्कूलका निर्देशक के.बि. प्रजापतिले स्वागत गर्नुभएको उक्तकार्यक्रमा शिक्षक जीवन जोशीले पनि बोल्नुभएको थियो

सु.नपा पाण्डुबजारमा अवस्थित आदर्श ज्योति (ए. जे.) इङ्लिस सेकेण्डरी स्कूलमा प्रतियोगिता आयोजना भएको थियो भने विभिन्न १६ वटा विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा प्रभात इ. से. स्कूलकी छात्रा हिमानी दाहाल प्रथम, ब्राइट स्टार इ. से. स्कूलकी छात्रा दिक्षा बाटी द्धितीय, आदर्श ज्योति (ए. जे.) इ. से. स्कूलकी छात्रा जोनिता आक्षामी थापामगर तृतीय तथा फ्युचर स्टारकी छात्रा सपना तामाङले सान्त्वना पुरस्कार प्राप्त गरे भने विभिन्न विद्यामा विद्यार्थीहरु विशेष पुरस्कारबाट पुरस्कृत भएका थिए । निर्णायक समितिमा आशाकुमार चिकंबञ्जार संयोजक तथा रामप्रसाद किसी र रामेश्वरी कोजूले निर्णयको भूमिका निर्वाह गर्नु भएको थियो ।

Rajib Gainju is a contributor at IsanKhabar.com, covering news and information of public interest, including education, society and local developments.
Back To Top