Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

उमेर अनुसार के खाने ? के नखाने ?

केही दिनअघि ६६ वर्षका एक परिचितको अस्पतालको सघन कक्षमा उपचार गर्दागर्दै मृत्यु भयो । उनको दुवै मृगौलाले काम गर्न छोडेको थियो । बिस्तारै–बिस्तारै फोक्सोमा पानी जम्यो । हातखुट्टा सुन्निएर आए । शरीरका अन्य अङ्ग–प्रत्यङ्गले काम गर्न छाडे । डायलासिस गरेर उनको जीवन केही दिन चल्यो तर धेरै दिन चल्न सकेन ।

उनलाई मधुमेहको समस्या भएको १० वर्ष भइसकेको थियो । उनी औषधि खाँदै थिए । तर कुनै पनि बेला मुख बार्दैनथे । ‘मर्नै पर्ने हो एक दिन, किन भोको पेट बस्ने ? म त मुख बार्दिन, आनन्दसँग खान्छु, बरु खाएरै मर्छु’, उनी भन्थे । उनलाई मुटुमा पनि समस्या परेको एक वर्ष भइसकेको थियो । उनको मधुमेहको समस्या औषधि खाएर पनि ठीक भएको थिएन । जसो पर्ला–पर्ला, खाना त छोड्दिनँ भन्ने उनको विचार र व्यवहारले उनलाई समयअगावै मृत्युको मुखमा पु¥यायो ।

५६ वर्ष हुँदा मधुमेह भएकाले मुख नबार्दा ६६ वर्षमा नै उनी बिते । सरकारी कर्मचारी भएकोले उपचारमा केही सहुलियत थियो । तर ‘अब यो उमेर भइसक्यो किन मुख बार्नु ?’ भनेर लत्तो छोडेपछि उनको मृत्यु असामयिक रूपमा नै भयो ।

डाक्टरले उपचारका लागि परामर्श र सल्लाह दिने हो । समय–समयमा औषधिले फाइदा पु¥याएको वा नपु¥याएको हेरेर औषधि परिवर्तन गर्ने हो । तर आफैंले आफ्नो स्वास्थ्यको वास्ता नगरेपछि त उपचारले मात्र के हुन्छ र ? त्यसैले ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्यकर्मी र परिवारको सल्लाह लिएर अनि आफैंलाई पनि अनुशासनमा राखेर स्वस्थ जीवन बिताउन कोशिश गर्नुपर्छ ।

Back To Top