Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

लिशा स्कूलमा बधाई तथा विदाई कार्यक्रम

विशेषज्ञता हासिल गरी दक्ष जनशक्ति तयार गर्न जोड

भक्तपुर, २० साउन । लिशा इड्डलिस सेकेण्डरी स्कूलले सिटीगाउमा एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बधाई तथा बिदाइ कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कायक्रमको उद्घाटन गर्दै आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेर देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विद्यार्थीहरु अध्ययनशील, मेहनती र अनुशासित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सफलतामा मात्तिने र असफलतामा आत्तिन नहुने विचार व्यक्त गर्दै उहा“ले जुनसुकै विषय अध्ययन गरे पनि पूरा गर्ने अठोटका साथ अघि बढे देशको लागि आवश्यक जनशक्ति तयार हुन्छ र विकासमा सहयोग पुग्छ भन्नुभयो ।
विद्यार्थीहरुलाई स्थानीय संस्कृति, सम्पदा र विभिन्न क्षेत्रमा आवद्ध अगुवाहरुको जानकारी दिने ध्येयले भनपाले पाठ्यक्रम राखेको उल्लेख गर्दै प्रमुख प्रजापति कसैले नगरेको काम, नया ढङ्गले गरे, फरक शैलीमा गरे त्यो काम सबैको निम्ति नमुना हुन्छ भन्नुभयो । असल नागरिक तयार गर्न असल साथीहरुसग सड्डत गर्नुपर्ने आवश्यकता औल्याउदै उहाले खुट्टा तान्ने प्रवृत्तिले समाज विकास हुदैन भन्नुभयो ।
पछिको सुखको लागि पहिले दुःख गर्ने हो, क्षणिक खुसी र सुखी खोज्ने होइन, हामीले सबै सुखी हुने बाटो खाज्नुपर्छ, उहाले भन्नुभयो ।
गलत राजनीतिको विरोध नगरे सही राजनीति नहुने विचार राख्दै उहाले भन्नुभयो, “समाज र देश राम्रो बनाउन सही राजनीति गर्नुपर्छ, गलत राजनीति गर्ने मान्छेकै कारण देश विकास पछि परेको हो ।”
उहाले भन्नुभयो, “विद्यार्थीहरु राजनीतिबाट अलग हुनुहुदैन, राजनीति सेवा गर्ने माध्यम हो । विदेश गए पनि त्यहा“बाट सिकेर आफ्नो श्रम, सीप र मेहनत आफ्नै देशमा खर्चिनुपर्छ ।”
संसारलाई बदल्न शिक्षा जरुरी भएको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “समाजवाद गरिब जनताको निम्ति स्वर्ग हो भने पुजीपतिको लागि नर्क हो ।”
प्राध्यापक समाज नेपालका केन्द्रीइ अध्यक्ष सरोजराज गोसाईले विद्यार्थीहरुको दक्षता र क्षमताबाट देश र जनताको सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
तथ्यबाट सत्य खोज्नुपर्नेमा जोड दिदै उहाले साथी सड्डत राम्रो भए शिक्षा र आफ्नो जीवन पनि राम्रो हुने बताउनुभयो ।
आमाबुबा नै पहिलो शिक्षक हुने हुदा मातापिता नै सतर्क र सचेत हुनुपर्ने आवश्यकता औल्याउदै उहाले महान् आमाले महान् वैज्ञानिक जन्माउछ भन्ने वैज्ञानिक एडिसनको भनाईको स्मरण गर्नुभयो ।
इसान नेपालका अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुले सिकाइसंगै संस्कार र व्यवहार पनि सिक्दै जानुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीको सफलतामा अभिभावक, शिक्षक सामाजिक अगुवाहरु पनि खुसी हुने विचार व्यक्त गर्दै उहा“ले पढाइको लागि घरमा घरायसी वातावरण मिलाउने काम गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नतिजा उच्च शिक्षा अध्ययनको मापक भए पनि नतिजा नै सम्पूर्ण होइन भन्नुभयो ।
विद्यार्थीहरुलाई असल, इमानदार र देशभक्त बनाउन सधै उत्प्रेरित गरिरहनुपर्ने आवश्यकता औल्याउदै उहाले विद्यार्थीहरु कसैको दबाब र लहैलहैमा जाने, अग्रज र शिक्षकहरुको कुरा नमान्दा विद्यार्थीहरु पढाइमा असफल भइरहेको बताउनुभयो ।
हाम्रो अध्ययन, पढाइ, श्रम, सीप र अनुभव विदेशको लागि होइन स्वदेशकै निम्ति खर्चिनुपर्छ, नेपालकै माटोमा हुर्केर, बढेर यहाकै इज्जत र प्रतिष्ठा राख्नुपर्छ, उहाले भन्नुभयो ।
सत्तासीन नेता र मन्त्रीहरु भ्रष्टाचारमा फसिरहेको चर्चा गर्दै उहाले नेतृत्व तहमा बस्नेहरुको बुद्धि खराब भएको हुदा देश विकासमा पछि परेको हो, देशको भविष्य सुन्दर बनाउन शिक्षा अति आवश्यक छ भन्नुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुको पुजीवादी व्यवस्थाामा सर्वसाधारण जनताले उच्च शिक्षा हासिल गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो ।
उहाले विद्यार्थीले किताबी ज्ञानको साथै व्यवहारिक शिक्षा पनि थाहा पाइराख्नुपर्ने र भनपाले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
लिशा इड्डलिस सेकेन्डरी स्कूलका प्रिन्सिपल लिशा प्रजापतिले इच्छा शक्ति बलियो बनाउनुपर्ने सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने र शिक्षा पढाइमात्र होइन सिकाइ पनि हो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रअ सुरेश रञ्जित, शिक्षिका नारायणी खोजु, शिक्षिका संगीता कोजू र एसईई उत्तीर्ण विद्यार्थी सोनम प्रजापतिले पनि बोल्नुभएको थियो ।
शिक्षिका कृष्णश्वरी दुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।

Rajib Gainju is a contributor at IsanKhabar.com, covering news and information of public interest, including education, society and local developments.

One thought on “लिशा स्कूलमा बधाई तथा विदाई कार्यक्रम

Comments are closed.

Back To Top