Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर । २०८० साउन ४, बिहीबार
भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् ।
विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिनुभयो ।
सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१औं शताब्दीको लागि योग्य र देशभक्त नागरिक तयार गर्ने तथा समाजलाई बुद्धिजीवीकरण गर्ने भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुको मुख्य उद्देश्य भएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुदलगायतका क्षेत्रमा भक्तपुर देशकै सक्रिय र चलायमान नगरपालिकाको रुपमा परिचित रहेको बताउनुभयो ।
ख्वप सर्कल आफैमा एउटा विश्वविद्यालयको रुपमा सञ्चालनमा रहेको बताउँदै उहाँले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले विशेष जोड दिंदै आएको बताउनुभयो ।
शिक्षा क्षेत्रमा धेरै पछाडि परेको भक्तपुर आज देशभरिका विद्यार्थीहरुको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुरका अग्रजहरुको उल्लेखनीय योगदान रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण गरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको बताउनुभयो ।
विद्यार्थीको जिज्ञासामाथि प्रष्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, ‘विद्यार्थीहरुले परीक्षामा चिट चोर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो’ । भक्तपुरमा अध्ययतरत विद्यार्थीहरुलाई भक्तपुरको इतिहास, पहिचान र विशेषताबारे जानकारी दिन ९२ वटै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्दै अध्ययन अध्यापनमा जोड दिंदै आएको उहाँले बताउनुभयो ।
अनुशासित विद्यार्थी अरुको तुलनामा सबै क्षेत्रमा अगाडि बढ्ने बताउँदै उहाँले विद्यार्थीहरुलाई देश र समाजप्रति जिम्मेवार भई फरक शैलीमा अगाडि गर्न मार्गनिर्देश गर्नुभयो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुले नगर प्रमुख प्रजापतिसमक्ष घरदैलो नर्सिङ सेवा सञ्चालनका फाइदा र चुनौती, ख्वपको पहिचान पाठ्य सामग्री उपलब्धता, छात्रवृत्ति वितरण, विद्यार्थीहरुको शारीरिक र मानसिक विकासमा नगरपालिकाको भूमिका, ख्वप विश्वविद्यालयकाे सम्बन्धन प्राप्त गर्न ढिलाइ हुनुका कारण, भक्तपुर नपाको आत्मनिर्भरताको सुत्र, विद्यालयमा खेल शिक्षक वा खेल प्रशिक्षकको बन्दोवस्त आदिबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले विद्यालयको लागि नपाबाट प्रकाशित प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो भने विद्यार्थीहरुले पनि बाल विकास स्कुलकाे तर्फबाट नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए ।

Back To Top