Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए

२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् व्यवस्थापन तथा क्षति न्यूनीकरण सम्बन्धी पाठलाई समेत मध्येनजर गर्दै शिक्षकहरुलाई खेलाउँदा कक्षामा विद्यार्थीहरुले समेत खेलमार्फत खेल्दै पाठहरु बुझ्ने तथा सम्झने हुनाले यस्तो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल तथा खेल प्रशिक्षक कृष्णराम त्वानाबासूले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा हात–खुट्टा भाँचिदा गरिने प्राथमिक उपचार, वाढीपहिरो सम्बन्धी नागपास खेल, विपद्का विभिन्न अवस्थामा आवश्यक ज्ञान तथा सीपहरुको फोतो क्रम मिलाउने खेल, बेड सिट वा टन्नाबाट स्ट्रेचर बनाउने तरिका, झटपट झोलाको अवधारण सम्झाउने स्मरण खेल, भुकम्प सम्बन्धी विपद् जीवनचक्र सहित चित्रकथा गरी सात वटा स्टलहरु राखिएको उक्त कार्यक्रममा विद्यालयका २५ जना शिक्षक÷शिक्षिका तथा कर्मचारी सहित जापानबाट स्वयंसेवकको रुपमा विद्यालयमा कार्यरत तीन जना जापानीजहरु समेत सहभागी भएका जानकारी कार्यक्रम संयोजक शिक्षिका पुष्पा प्रजापतिले जानकारी दिनुभयो । हामीसँग उपलब्ध भएका विभिन्न खेलहरुमध्ये विद्यार्थीहरुले पहिले सिकेका र अरुलाई सिकाउने सक्ने सात वटा खेल तथा क्रियाकलापहरुमात्र प्रदर्शनी मा राखिएको जानकारी पनि संयोजक पुष्ण प्रजापतिले दिनुभयो । 
विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासूले भविष्यमा अरु खेल तथा क्रियाकलापहरु समेत समेटेर अभिभावकहरुमाझ पनि यस्तो कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । खेलमार्फत खेल्दै सिक्ने हुँदा विद्यार्थीहरु पनि खेलप्रति आकर्षित भएको बताउनु भयो ।

जापानीज स्वयंसेवक शिक्षक Kohei Moriya ले नेपालमा पनि यस्ता खेल गतिविधिबाट विपद् जोखिमबारे सिकाइ भएको पाउँदा ज्यादै खुसी लागेको बताउनुहुँदै जापानमा भन्दा फरक र नयाँ खेलहरुपनि सिक्ने मौका मिल्यो भन्नुभयो । त्यस्तै अर्का स्वयंसेवक शिक्षक Yuma Suita ले आफू भुकम्पीय जोखिम युक्त देश जापानबाट आएको हुँदा भूकम्पबाट हुने गरेका धेरै क्षतिहरु देखेको बताउँदै उहाँले यस्ता जोखिम न्यूनीकरणको तयारी गराउने खेलहरु जापानमा स–साना कक्षाबाट अभ्यास गराउने बताउनुभयो । साथै अर्का जापानीज Yuka Timilsina ले नेपालमा पनि यस्तो कार्यक्रम हेर्न पाउँदा खुसी लागेको बताउनुहुँदै शिक्षक तथा विद्यार्थीहरुले धेरै मेहेनत गरेकोमा बधाइ दिँदै कार्यक्रमको प्रशंसा पनि गर्नुभयो ।

Back To Top