Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

ह्यापी किड्सका विद्यार्थीहरु दिक्षित

२५ चैत, सोमबार । सूर्यविनायक नगरपालिका सल्लाघारी कटुन्जे अवस्थित ह्यापी किड्स मन्टेश्वरीको एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरुको आज दिक्षान्त समारोह सम्पन्न भयो । पूर्व प्रा.वि. तह उत्तीर्ण भएको अवसरमा १३ जना विद्यार्थीहरुलाई आज एक समारोहबीच दिक्षित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल (इसान)का भक्तपुर जिल्ला अध्यक्ष तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल श्री कृष्णराम त्वानाबासूले हरेक विद्यार्थीले फरक तरिका र फरक समयमा सिक्ने हुँदा सोको बारेमा सचेत रहेर आ–आफ्ना नानीहरुको पढाई तथा सिकाइको वातावरण बनाउनु पर्ने बताउनुभयो । स–साना नानीहरुलाई ज्ञानी तथा असल बनाउने बहानामा कडा अनुशासनमा राख्ने, डर धम्की लगायत मानसिक तनाव दिनु अभिभावकहरुमा भएको अचेतना नै हो भन्दै हरके अभिभावकहरुले पनि समय सुहाउँदो तालिम तथा अभिभावक शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का अतिथि अमरज्योति मन्टेश्वरीका प्रिन्सिपल किरण गोसाईले अभिभावक तथा शिक्षकहरुले आफ्नो अनुकुलता एवं सहजतालाई मात्र ध्यान दिइयो भने विद्यार्थीहरुको भविष्य राम्रो नहुने बताउँदै स–साना नानीहरुलाई समय सुहाउँदो गतिविधिहरुमा निर्वाध सहभागी गराउनु पर्छ भन्नुभयो ।

कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका ५४ जना विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । विद्यालयमा भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलमा विजयी ३३ जना विद्यार्थीहरुलाई मेडर तथा प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा ४९ जना विद्यार्थीहरुलाई विभिन्न अवार्डहरु वितरण गरिएको थियो ।

ह्यापी किड्स मन्टेश्वरीका प्रिन्सिपल जोशन मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि गीताञ्जली श्रेष्ठ तथा विद्यालयकी इन्चार्ज मेलिना बस्नेतले पनि बोल्नुभएको थियो ।

Back To Top