संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजन तथा ब्राइट स्टार इङ्गलिस स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हालै सम्पन्न भयो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता कक्षा ६, ७ र ८ अध्ययरत विद्यार्थीहरुबीच भएको थियो ।
कार्यक्रमको औपचारिक कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापाश्रेष्ठले विद्यार्थीहरुमा अभिव्यक्ति क्षमता विकास तथा स्वतन्त्रतापूर्वक बोल्ने क्षमता विकास गर्नमा वक्तृत्वकला प्रतियोगिताले मद्दत गर्दछ भन्नु भयो । उक्त कार्यक्रममा इसानका महासचिव पुरुषोत्तम ग्वाछाले सुनाई एक किसिमको योग हो भन्नु हुदै सुनाइ र बोलाई विद्यार्थीमा हुनै पर्ने गुण हो भन्नु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै इसानका जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासुले अहिलेको समाजमा व्यक्तिगत अधिकारका लागि पनि बोल्नै पर्ने भएकाले बोल्ने सिपको आवश्यक छ भन्नु हुदै पढाईका साथै विभिन्न सीप विकासमा विद्यार्थीहरुलाईको प्रतिभा प्रस्फुटन गर्न इसानले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ भन्नु भयो ।
ब्राइट स्टार ईङ्गलिश स्कूलका प्रिन्सिपल राजेन्द्र सुजखुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा इसान परीक्षा समितका संयोजक श्री कृष्णराम दुवालले पनि आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भक्तपुर जिल्लाका विभिन्न १२ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सम्पूर्ण प्रतियोगीहरुले आ–आफ्नो उत्कृष्ट वक्तृत्व प्रस्तुती गरेका थिए । प्रतियोगितामा फ्युचर स्टार इङ्गलिश स्कूलको कक्षा ७की छात्रा पुष्पा बरुवाल प्रथम, ख्वप्रिङ इङ्गलिस एकेडेमी कक्षा ७ की छात्रा राजश्री कुसी द्वितीय र सूर्यदीप सेकेण्डरी स्कूल कक्षा ७ का छात्र सक्षम नेपाल तृतीय भएका थिए । बिजयी विद्यार्थीहरु लगायत उत्कृष्ट प्रस्तुती गर्ने सम्पूर्ण प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।
well done! It is essential such program. Wish you again to organize.