Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

इसान अन्तरविद्यालय आधारभूत तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजन तथा ब्राइट स्टार इङ्गलिस स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हालै सम्पन्न भयो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता कक्षा ६, ७ र ८ अध्ययरत विद्यार्थीहरुबीच भएको थियो ।

कार्यक्रमको औपचारिक कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापाश्रेष्ठले विद्यार्थीहरुमा अभिव्यक्ति क्षमता विकास तथा स्वतन्त्रतापूर्वक बोल्ने क्षमता विकास गर्नमा वक्तृत्वकला प्रतियोगिताले मद्दत गर्दछ भन्नु भयो । उक्त कार्यक्रममा इसानका महासचिव पुरुषोत्तम ग्वाछाले सुनाई एक किसिमको योग हो भन्नु हुदै सुनाइ र बोलाई विद्यार्थीमा हुनै पर्ने गुण हो भन्नु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै इसानका जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासुले अहिलेको समाजमा व्यक्तिगत अधिकारका लागि पनि बोल्नै पर्ने भएकाले बोल्ने सिपको आवश्यक छ भन्नु हुदै पढाईका साथै विभिन्न सीप विकासमा विद्यार्थीहरुलाईको प्रतिभा प्रस्फुटन गर्न इसानले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ भन्नु भयो ।

ब्राइट स्टार ईङ्गलिश स्कूलका प्रिन्सिपल राजेन्द्र सुजखुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा इसान परीक्षा समितका संयोजक श्री कृष्णराम दुवालले पनि आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

भक्तपुर जिल्लाका विभिन्न १२ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सम्पूर्ण प्रतियोगीहरुले आ–आफ्नो उत्कृष्ट वक्तृत्व प्रस्तुती गरेका थिए । प्रतियोगितामा फ्युचर स्टार इङ्गलिश स्कूलको कक्षा ७की छात्रा पुष्पा बरुवाल प्रथम, ख्वप्रिङ इङ्गलिस एकेडेमी कक्षा ७ की छात्रा राजश्री कुसी द्वितीय र सूर्यदीप सेकेण्डरी स्कूल कक्षा ७ का छात्र सक्षम नेपाल तृतीय भएका थिए । बिजयी विद्यार्थीहरु लगायत उत्कृष्ट प्रस्तुती गर्ने सम्पूर्ण प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

Back To Top