इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।
प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त गर्दै सरकारको अदूरदर्शिताको भएको कुरा दर्शाउ“दै हाम्रा शिक्षकहरुले सिङ्गो समाज रुपान्तरण गर्न देशभक्त नागरिक तयार गर्नुपर्ने कुरा औंल्याउनु भयो । वहा“ले शिक्षकसंग खण्डन गर्न सक्ने क्षमता राख्नुपर्ने धारणा राख्नु हु“दै सरकारको एउटा निर्णयले हामीलाई अप्ठयारो पार्ने कुरा राख्दै सय शैøयाको आफ्नै अस्पतालमा नहुने संस्थालाई नर्सिङ पढाउन नदिएपछि नेपालकै निम्ति भनेर भारतले विहार प्रदेशामा नर्सिङ कलेज खोलेर अरबौं नेपाली रुपै“या विदेश गएको कुरा बताउ“दै यो वर्ष १,४०,००० विद्यार्थी विदेश गएको, स्वास्थ्य सम्बन्धीको मात्र ३८९० सीट घट्ने तथ्याङ्कले देखाएको कुरा बताउनु भयो ।
संसारको आतङ्कवादी देश अमेरिकालाई सपनाको देश भनेर युवाहरुलाई आ“खा चिम्लाइ दौडाएकोमा चिन्ता व्यक्त गर्दै संसाको सम्भावना भएको देश नेपालका शासकहरुले भारतमुखी बन्दै दिन प्रतिदिन परनिर्भर हु“दै गएकोमा विरोध गर्दै क्यूवा जस्तो आत्मसमर्पण नगरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

आज रानीति राम्रो भएरै चीनले सम्पूर्ण क्षेत्रमा विकास गर्न सकेको कुरा खोतल्दै कृषिप्रधान देश भनिएको हाम्रो देशमा मल कारखाना छैन, उन्नत विऊ बिजन, संिचाइको व्यवस्था गर्न नसक्दा खाद्यान्नमा भारतको भर पर्नु पर्ने कुरा बुझेर भारतले अघोषित नाकाबन्दी जस्तै चामल, गहु“ र अन्य खाद्य पदार्थ नपठाइ कृतिम अभाव सिर्जना गरेको कुरा बताउ“दै अहिलेसम्मका मन्त्री र प्रधानमन्त्रीको फाइल पल्टाएमा यिनीहरु अहिले जेलमा हुनेछ भन्नुभयो । रातो लुगा लगाउ“दैमा कोही कम्युनिस्ट नहुने हु“दा अहिलेका गठबन्धन सरकारले जनताको जीवनस्तर उठाउन नसकेको कुरा खोतल्दै भक्तपुर नगरपालिका अहिले देशभरीकै नमूना स्थानीय तह भएको कुरा बताउ“दै जन्मदेखि मृत्युसम्मको जिम्मा लिने समाजवादी नीति अनुसार शिशु स्याहार केन्द्र, कलेज, अस्पताल र सुधारिएको शवदाह गृहसमेत बनाइ १५ मिनेट भित्र स्वास्थ्य सेवा दिनसक्ने ठाउ“ भक्तपुर मात्र हो भन्दै समाजवादी नीति अनुसार काम गर्दै आएको कुरा बताउनु भयो । नेपालभाषा, भूगोल, इतिहास, राजनीति शास्त्र, जस्ता विषय र उच्च शिक्षा पढ्ने विद्यार्थीहरुले रु ५,००,००० ।– रुपै“या ऋण दिएर ४९३ जनाले पढीरहेको र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा रु ४, २५,००, ०००।–को छात्रवृत्ति प्रदान गरेको कुरा बताउनु भयो ।
एसान केन्द्रीय कोषध्यक्ष उकेश कवांले पुस्तकमा भएको कुरामात्र नपढाइ आफू पनि यो देशको नागरिक र प्रत्यक्ष साक्षी भएकोले सत्य कुरालाई पनि पढाउनु पर्ने कुरा राख्दै सम्पूर्णमा स्वागत गर्नुभयो ।
सभाका सभापति एवं इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले सामाजिक विषयमा दिगो विकास, प्राकृतिक स्रोतको उपयोग भावी पुस्तालाई असर नपर्ने गरी खानीको प्रयोग गर्न सिकाउनु पर्ने र देशभक्त नागरिक तयार गरेमा परेको बेलामा देशको निम्ति लड्ने छ भन्नुभयो ।
इसानका सदस्य विद्यालयका शिक्षकहरुले भाग लिएको उक्त तालिममा तालिम संयोजक कर्ण बहादुर प्रजापतिज्यूले बोल्नु भएको थियो भने तालिम दिपक मरहठ्ठाले दिनुभएको थियो ।