ISAN Khabar

सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम

जेठ १८ गते आईतबार । सिथी नखा  अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले विद्यालय नजिकको ढुङ्गेधारा तथा मन्दिर सर–सफाई गरेका थिए । त्यस्तै गरि प्ले–ग्रुपदेखि कक्षा ६ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुले सिथिनखाः विशेष खाजा वः चतामारी पनि तयार गरेर खाएका थिए । वः तथा चतामारी पकाउने तरीकाबारे जानकारी दिँदै शिक्षकहरुले प्रत्येक विद्यार्थीहरुलाई पकाउने मौका पनि दिएका थिए । घर परिवारमा पनि सबै मिलेर पर्वविशेष परिकार पकाउने गर्छन् तर विद्यार्थीहरु प्रत्यक्ष सहभागी नहुने हुँदा विद्यालयमा यस्ता कार्यक्रम गरिएको जानकारी विद्यालयका इन्चार्ज शिक्षिका कमलश्वरी खर्बुजा जानकारी दिनुभयो ।

त्यस्तै करुणमयको रथबाट भोटो देखाउने जात्राबारे विभिन्न किम्बदन्तीहरु सुनाउँदै विद्यालयमा भोटो जात्रा पनि मनाइएको जानकारी दिनुभयो । करुणमयको रथ, भोटो देखाइएको जस्ता विभिन्न चित्रहरु बनाउनुका साथै चित्रमा रंग भरेर पनि विद्यार्थीहरुले सहभागीता जनाएको थियो । विद्यालयमा गरिने यस्ता कार्यक्रमहरुले अनि विद्यार्थी, अभिभावकहरुको प्रत्यक्ष संलग्नताले विद्यार्थीहरुमा सामाजिक विकास हुने विश्वासका साथ विद्यालयले समय सुहाउँदो गतिविधिहरुलाई निरन्तरता दिँदै आएको व्यहोरा विद्यालयका अतिरिक्ति क्रियाकलाप समिति संयोजक शिक्षिका पुष्पा प्रजापतिले जानकारी दिनुभयो ।

Exit mobile version