ISAN Khabar

J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ ।

”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ”, भन्नहुँदै इसानका भक्तपुर जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासूले बालबालिकाहरुलाई शारीरिक गतिविधिमा संलगन हुन र उनीहरुको खेल प्रतिभा प्रस्फुटन गर्न यस च्याम्पियनशीपले प्रेरित गर्नेछ भन्नुभयो ।

११ वटा विद्यालय/टीमहरु सहभागी रहेको उक्त च्याम्यिनशीप लीग कम नक आउटका आघारमा संचालन हुनेछ भने ३ दिनसम्म खेल संचालन हुनेछ । भाद्र २७ गते च्याप्मियनशीपको समाप्तिसँगै एक समारोहबीच विजयी विद्यालय/टीमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जानकारी अध्यक्ष त्वानाबासूले दिनुभयो ।

Exit mobile version