Site icon ISAN Khabar

भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।

संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले जानकारी दिनुभयो ।

लिग कम नकआउटको आधारमा संचालन हुने उक्त च्याम्पियनशीप भाद्र २५ गतेदेखि २७ गतेसम्म तीन दिन संचालन हुनेछ । भक्तपुर जिल्लामा संचालित इसान आवद्ध विद्यालयका प्रिन्सिपलहरुको मैतृपूर्ण खेलबाट समुद्घाटन हुने उक्त Championship मा कक्षा ५, ६ र ७ अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउनेछन् भने Championship को संयोजन सुवर्णचोक सल्लाघारी स्थित श्री सूर्यदिप इङ्गलिश स्कूलले गर्नेछ ।

Exit mobile version