Site icon ISAN Khabar

इसान भक्तपुरले कविता गोष्ठी गर्ने

संस्थागत विद्यालय संघ, नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० असार २९ गते शुक्रबारका दिन खुल्ला कविता गोष्ठिको आयोजना गर्ने भएको छ । २०९ औं भानुजयन्तिको अवसरमा हुने सो कविता गोष्ठिमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । पाण्डुबजार, सूर्यविनायक नगरपालिका स्थित आदर्शज्योति इङ्गलिश स्कूलमा संचालन हुने सो कार्यक्रमको जानकारी दिँदै इसान भक्तपुर जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासूले विद्यार्थीहरुको साहित्यिक प्रतिभा प्रस्फुटन गर्न कार्यक्रम एउटा दबुको रुपमा प्रयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही दिन कार्यक्रममा उत्कृष्ट कविता तथा कविहरु (विद्यार्थीहरु)लाई सम्मान तथा पुरस्कार वितरण गरिने समेत अध्यक्ष त्वानाबासूले जानकारी दिनुभयो ।

Exit mobile version