Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए

Singa Lama

“स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए” शिर्षकको समाचारपछि सिङ्ग लामा सरले आफ्नो facebook Wall मा लेख्नुभएको Status जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

स्तरीकृत परीक्षाको यो समाचार अर्को एउटा कौवाको ‘क्वाक्वा’ हौवा मात्र नहोस किनकी केही गम्भीर प्रश्नहरु उब्जिएका छन:

१. के सरकारले अहिलेसम्म लिंदै आएको एसएलसी/एसईई, डिएलई/बिएलई, १२ को बोर्ड परीक्षा, आदि स्तरीकृत थिएनन्? अथवा स्तरविहीन थिए? राज्यले यस्तो धोका दिन पाईन्छ? ती पनि स्तरीकृत थिए भने यो हौवा किन?

२. प्रश्नपत्र ५ वर्षसम्म नदोहोरिने भन्ने सवाल पनि पेचिलो छ । बोर्डले सोधेको १५-२० वटा प्रश्नबाट नदोहोरिने भनेको भए ठिकै छ नत्र परेटो सिद्धान्त अनुसार २०% विषयवस्तु र प्रश्नहरु ८०% अवसरमा दोहोरीने निश्चित छ । गुणस्तरविज्ञ रिचर्ड कोचका अनुसार २०% पाठ्यवस्तुको अध्ययनबाट परीक्षामा सोधिने ८०% प्रश्नहरु हल गर्न सकिन्छ । अनि यसअघि चाहिँ प्रश्नहरु दोहोर्याउने नीति नै थियो र?

३. “स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ । घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन ।” के के न होला भनेको, बुझाईसम्म पुगेपछि सिद्धियो शिक्षा? प्रयोग, विश्लेषण, मूल्यांकन र सिर्जनामा उक्लिनु नपर्ने?

४. हजारौं सेट प्रश्नहरु बन्ने? किन चाहियो त्यत्रो ठूलो प्रश्न बैंक? अनि बोर्ड परीक्षाको प्रश्नपत्र केहिदिन सुरक्षित राख्न नसक्नेले यसलाई गोप्य राख्ने? कसले पत्याउने? अनि प्राश्निकहरुको सिर्जनशीलतामा अलिकति पनि भरोसा भएन?

५. उत्तरपुस्तिका परीक्षणमा आएको अंकनको अन्तरलाई प्रश्नपत्रबाट कम गर्ने? हँसाउने कुरा भएन यो? रुब्रिक बनाए पुग्दैन?

यान्त्रिक शैलीमा उत्तर घोकाउने र सार्न लगाएर विद्यार्थीहरुलाई “लुगा लगाएको सुगा” बनाएको परिप्रेक्ष्यमा परिवर्तन वांछनीय छ तर तरीका सही होस, शुभकामना !

Back To Top