हिमानी दाहाल
प्रभात इङ्लिस सेकेण्डरी स्कूल
(भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा भएको इसान अन्तरविद्यालय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता यहाँ प्रस्तुत गरिएको छ – सं)
मानिसको धर्म यहि हो सबले गरौँ सेवा
समाज कल्याण सबको हित विकासमा टेवा ।
कुप्रथाको जरोलाई उखालेर फ्याल्ने
स्वच्छ समाज निर्माणलाई समाज सेवा गर्ने ।।
हातेमालो गर्दै गर्दै सँगै जाने साथी
एक अर्काेको सहयोगले पुगिन्छ है माथि ।
कुप्रथा र कुरितीले समाज मैलो पर्छ
सहयोग र सदभावले भाईचारा बढ्छ ।।
समाजमा साना–ठूला हुन् नराम्रा पक्ष
समानता कायम गरे पाइन्छ है मोक्ष ।
यति सुन्दर फूलबारीका अनेकथरी फूल
निचो उचो, छुवाछुट नगराँै है भूल ।।
पुजिवादले समाजमा हत्या हिंसा ल्यायो
सुन्दर समाज निर्माणलाई समाजवाद चाहियो ।
भ्रष्टाचार र कु–कार्यको अन्त्य यसले गर्छ
समाज मात्र हैन साथी मुलुक विकास गर्छ ।।
धनसम्पति दुईदिनको दिप हो ।
घाटमा लाने त्यहि समाज मित्र हो ।।