Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
इसान अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा विद्या आर्जन स्कूलको निरीक्षण

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र सामाजिक सुरक्षालाई असर गर्ने हुँदा भविष्यकाे लागि तयार हुन विद्यार्थीहरु सचेत हुनु पर्ने बताउनु भयाे ।
विश्व जनसङ्ख्या दिवस २०२३ को बारेमा संयुक्त राष्ट्रसंघले जारी गरेकाे विज्ञप्तिकाे चर्चा गर्दै शिक्षिका तुल्सी लक्ष्मी दुमरुले, “विश्व जनसङ्ख्या १ अर्बमा पुग्न लाखौं वर्ष लाग्यो – त्यसपछि मात्रै दुई सय वर्षमा सात गुणा बढ्यो । 2011 मा, विश्वव्यापी जनसंख्या 7 बिलियन अंकमा पुग्यो, यो 2021 मा लगभग 7.9 बिलियन छ, र यो 2030 मा लगभग 8.5 बिलियन, 2050 मा 9.7 बिलियन, र 2100 मा 10.9 बिलियन हुने अपेक्षा गरिएको छ। यो नाटकीय बृद्धि संचालित भएको छ। धेरै हदसम्म प्रजनन उमेरमा बाँच्ने मानिसहरूको संख्या बढ्दै गएको छ, र प्रजनन दरमा ठूलो परिवर्तन, बढ्दो शहरीकरण र द्रुत प्रवासको साथमा रहेको छ। यी प्रवृतिहरूले आउने पुस्ताका लागि दूरगामी प्रभाव पार्नेछ। ”
शिक्षिका पुष्पा प्रजापतिले संचालन गर्नुभएकाे उक्त कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top