Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र सामाजिक सुरक्षालाई असर गर्ने हुँदा भविष्यकाे लागि तयार हुन विद्यार्थीहरु सचेत हुनु पर्ने बताउनु भयाे ।
विश्व जनसङ्ख्या दिवस २०२३ को बारेमा संयुक्त राष्ट्रसंघले जारी गरेकाे विज्ञप्तिकाे चर्चा गर्दै शिक्षिका तुल्सी लक्ष्मी दुमरुले, “विश्व जनसङ्ख्या १ अर्बमा पुग्न लाखौं वर्ष लाग्यो – त्यसपछि मात्रै दुई सय वर्षमा सात गुणा बढ्यो । 2011 मा, विश्वव्यापी जनसंख्या 7 बिलियन अंकमा पुग्यो, यो 2021 मा लगभग 7.9 बिलियन छ, र यो 2030 मा लगभग 8.5 बिलियन, 2050 मा 9.7 बिलियन, र 2100 मा 10.9 बिलियन हुने अपेक्षा गरिएको छ। यो नाटकीय बृद्धि संचालित भएको छ। धेरै हदसम्म प्रजनन उमेरमा बाँच्ने मानिसहरूको संख्या बढ्दै गएको छ, र प्रजनन दरमा ठूलो परिवर्तन, बढ्दो शहरीकरण र द्रुत प्रवासको साथमा रहेको छ। यी प्रवृतिहरूले आउने पुस्ताका लागि दूरगामी प्रभाव पार्नेछ। ”
शिक्षिका पुष्पा प्रजापतिले संचालन गर्नुभएकाे उक्त कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top