Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम

प्राइम एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम

आमा–बुवा र शिक्षकहरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन

मध्यपुर,६ श्रावण । मध्यपुर थिमी बोडे स्थित प्राइम एकेडेमी स्कूलबाट एस.इ.इ. परीक्षा २०७९ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुको एक समारोहवीच बधाइ तथा विदाइ कार्यक्रम शनिवार सम्पन्न भयो । 

संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेम जन थापाको प्रमुख आतिथ्यतामा बनेपाको चन्देश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा उतिर्ण विद्यार्थीहरुलाई खादा ओदाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेम जन थापाले विद्यार्थीहरुलाई बधाइ दिनु हुदै कसैको बहकाउमा भन्दा आफ्नै चाहना र क्षमता अनुसार उच्च अध्ययनको विषय रोज्न सल्लाह दिनुका साथै चालिस पैतालिस मिनेटको शिक्षण सिकाइको लागि तीन चार उद्देश्य चाहिन्छ तर जीवनको सफलताको लागि एउटै उद्देश्य काफी छ । निश्चित उद्देश्य सहित अगाडि बद्नु पर्छ, भन्नु भयो । ूप्रत्येक विद्यार्थीको सफलतामा विभिन्न ब्यक्तिको हात हुने भएपनि आमा–बुवा र शिक्षकहरुको ठूलो हात हुन्छ, त्यसैले उहा“हरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन ।” उहा“ले भन्नु भयो । 

कार्यक्रमका विशेष अतिथि संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय सल्लाहकार आशा कुमार चिकंबञ्जारले जुन सुकै विषय पढेपनि मेहनतका साथ पढ्ने हो भने सफलता आफ्नै हत्केला मै छ भन्नु भयो । 

विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा मथिनपा ८ वडाका निर्वाचित वडा सदस्य सुरेन्द्र थाले विद्यालय स्थापनाको प्रमुख उद्देश्यका वारेमा प्रकाश पार्नु भयो ।

विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकहरु पदम कृष्ण श्रेष्ठ, सूर्यलक्ष्मी श्रेष्ठ र  एस.ई.ई. परीक्षा २०७९ मा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएकी छात्रा सुमी किलाले पनि बोल्नु भएको थियो । कार्यक्रममा विद्यालयका संगीत शिक्षक सुरेश श्रेष्ठले साङ्गीतिक प्रस्तुती दिनु भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top