आमा–बुवा र शिक्षकहरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन
मध्यपुर,६ श्रावण । मध्यपुर थिमी बोडे स्थित प्राइम एकेडेमी स्कूलबाट एस.इ.इ. परीक्षा २०७९ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुको एक समारोहवीच बधाइ तथा विदाइ कार्यक्रम शनिवार सम्पन्न भयो ।
संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेम जन थापाको प्रमुख आतिथ्यतामा बनेपाको चन्देश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा उतिर्ण विद्यार्थीहरुलाई खादा ओदाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम जन थापाले विद्यार्थीहरुलाई बधाइ दिनु हुदै कसैको बहकाउमा भन्दा आफ्नै चाहना र क्षमता अनुसार उच्च अध्ययनको विषय रोज्न सल्लाह दिनुका साथै चालिस पैतालिस मिनेटको शिक्षण सिकाइको लागि तीन चार उद्देश्य चाहिन्छ तर जीवनको सफलताको लागि एउटै उद्देश्य काफी छ । निश्चित उद्देश्य सहित अगाडि बद्नु पर्छ, भन्नु भयो । ूप्रत्येक विद्यार्थीको सफलतामा विभिन्न ब्यक्तिको हात हुने भएपनि आमा–बुवा र शिक्षकहरुको ठूलो हात हुन्छ, त्यसैले उहा“हरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन ।” उहा“ले भन्नु भयो ।
कार्यक्रमका विशेष अतिथि संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय सल्लाहकार आशा कुमार चिकंबञ्जारले जुन सुकै विषय पढेपनि मेहनतका साथ पढ्ने हो भने सफलता आफ्नै हत्केला मै छ भन्नु भयो ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा मथिनपा ८ वडाका निर्वाचित वडा सदस्य सुरेन्द्र थाले विद्यालय स्थापनाको प्रमुख उद्देश्यका वारेमा प्रकाश पार्नु भयो ।
विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकहरु पदम कृष्ण श्रेष्ठ, सूर्यलक्ष्मी श्रेष्ठ र एस.ई.ई. परीक्षा २०७९ मा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएकी छात्रा सुमी किलाले पनि बोल्नु भएको थियो । कार्यक्रममा विद्यालयका संगीत शिक्षक सुरेश श्रेष्ठले साङ्गीतिक प्रस्तुती दिनु भएको थियो ।