भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीद्धारा हस्ताक्षर गरिएको शिक्षा विधेयक, २०८० बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । संघीय संसदमा दर्ता भई सांसदहरुको हातमा पुग्नु भन्दा अगाडि नै बाहिरिएको शिक्षा ऐन, २०२८ लाई विस्थापित गर्ने गरी प्रस्तावित शिक्षा ऐन, २०८० को विषयमा भएको अन्तरक्रियाका अतिथि प्रदेश सांसद सुरेन्द्र राज गोसाइले निजी शैक्षिक गुठी बारे प्रस्तुती दिदै आफू पहिलो पटक प्रदेश सभामा निर्वाचित भई प्रदेश सभामा भाग लिदा शिक्षण संस्थालाई व्यवस्थि तगर्न बुढानिलकण्ठ विद्यालयको मोडलमा लाने प्रस्ताव गरिएको स्मरण गर्दै सरकार दुरदर्शी नभएको बताउनु भयो । देशको आर्थिक दुरावस्थाले आर्थिक नीतिमा पुनरावलोकन गर्नुपर्ने बताउनु हुदै निजी क्षेत्रबाट बैड्ढ संचालन अनुमति दिदा निश्चित व्यक्तिहरुको हातमा अर्थको अधिकारको पहु“चमा जादा राज्य आर्थिक माफियाहरुमा चंगुलमा फसेको कुरा व्यक्त गर्नुभयो ।
विद्यालयलाई गुठी अन्तर्गत संचालन गर्न प्रक्रियामा जादा निकै झन्झट व्यहोरेको स्मरण गर्नु हुदै शिक्षा पाउन हकबाट कसैलाई वंचित गर्न नहुने र गुठीबाट संचालित विद्यालयले संचित गरेको रकम विद्यालय विकास मै खर्च गर्नुपर्ने बताउनु भयो ।
अर्का प्रस्तोता प्रभात इड्डलिस सेकेण्डरी स्कूलका प्रिन्सिपल वदन केशरी प्रजापतिले सार्वजनिक गुठी अन्तर्गत संचालित विद्यालयको पहुच कानूनले सुनिश्चित नगरेको र छात्रवृत्तिमा समेत अन्यौल कायमै रहेको बताउनु भयो । प्रस्तावित शिक्षा ऐन, २०८० ले पनि सार्वजनिक गुठीमा जानुपर्ने वाध्यता एव गुठीको नियम तथा हैसियत स्पष्ट नभएकोले शिक्षामा सेवा गर्नेहरु अन्यौल भएको बताउनु भयो । वहाले नेपालमा विद्यालय संचालनको इतिहास बताउनु हुदै शिक्षा दिन राणाहरुले विद्यालय स्थापना तथा निजी रुपमा विद्यालय संचालन एव २०५८ सालपछि सार्वजनिक संस्थागत भनी व्यवस्था गरेको तर गुठीको विषयमा प्रष्ट नपारेको बताउनु हुदै प्रस्तावित शिक्षा ऐन, २०८० ले शैक्षिक सामाग्री लगाएर खरिद गर्न सजिलो बनाउनु पर्ने र नीति निर्माणमा सम्बन्धित पक्षको उपस्थितिको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
इसान केन्द्रीय उपाध्यक्ष सनकमान महर्जनले सरकार दुरगामी नभएको आरोप लगाउदै कहिले कम्पनी त कहिले गुठी भन्दै सरोकारवालाको अनुपस्थितिमा ऐन नियम निर्माण परिमार्जन गर्दा शिक्षामा विकृति आएको बताउदै वाक स्वतन्त्रताको हकलाई कुष्ठित पार्न खोजेको र प्रस्तावित ऐनले ५ वर्ष भित्र गुठीमा जानुपर्ने अव्यवहारिक भएको बताउनु भयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले प्रस्तावित शिक्षा ऐन, २०८० ले शिक्षकलाई २४ सै घण्टा शिक्षक बनाउन खोजेको शिक्षक नै समाजको परिवर्तनकामी भएको हुनाले समाज परिवर्तनमा लगाम लगाउन खोजेको बताउनु भयो । दुई छिमेकी देशको शैक्षिक तुलना गर्दै चाइनाको प्रगतिलाई त्यहा“को शिक्षाले सफल बनाएको बताउनु हुदै शिक्षा ऐन, २०२८ को संसोधनले सहकारीलाई शिक्ष्ाँलय खोल्न अनुमति दिने प्रावधानले सहकारीमा आएको विकृतिबाट सरकारले पाठ सिक्नु पर्ने बताउनु भयो । साथै वहाले प्रस्तावित शिक्षा ऐन, २०८० ले दुर्गम क्षेत्रमा काम गर्ने एक जना साधारण शिक्षक, शिक्षक मात्र नभई समाज सेवी, कृषि विज्ञ समेत हुने भएकोले ऐनले शिक्षकको मुख थुन्न खोजेको स्वतन्त्रता विरुद्ध हुन्छ भन्नुभयो ।
इसानको केन्द्रीय अध्यक्ष प्रेमजन थापाको अध्यक्षतामा भएको प्रस्तावित शिक्षा ऐन, २०८० अन्तरक्रिया कार्यक्रममा विवाह ऐनमै कुनै पनि व्यक्तिले दोहोरो विवाह गर्न नपाउने प्रावधान हुदाहुदै शिक्षकले दोश्रो विवाह गर्न नपाइने उल्लेख भएबाट अरुले गर्न पाउने अर्थ लाग्ने गरी ऐनमा प्रस्ताव गर्नु गलत भएको बताउनु हुदै हरेक कुरा सरकारले हचुवामा ल्याएको तथ्यगत प्रावधान बुझेरमात्र ऐन नियम बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमा सचिव कृष्णराम त्वानाबासुले स्वागत तथा इसान केन्द्रीय महासचिवले कार्यक्रम संचालन गर्नु भयो भने सहभागीहरुले प्रस्तावित शिक्षा ऐन, २०८० बारे अन्तरक्रियामा सहभागी गर्नु भयो ।
