संस्थागत विद्यालयबाट शैक्षिक विकास एवं गुणस्तरयुक्त शिक्षाको लागि टेवा पु¥याउने अभिप्रायले नेपालभर संचालनमा रहेका संस्थागत विद्यालयहरुबीच पारस्परिक ऐक्यवद्धता, समन्वय स्थापित गरी संगठीत बनाउनस विद्यालय एवं विद्यालयका संस्थापक,प्रिन्सिपल, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको द्रुत्ततर उन्नति, संरक्षण सम्बर्धन एवं स्थायित्वका लागि संस्थागत , सामूहिक वा निजी श्रोतको लगानीबाट संचालित संस्थागत विद्यालय अझ बढी व्यवस्थित रुपमा संचालन होस् भने हेतुले सरकारले शिक्षा पूर्ण रुपमा निःशुल्क र अनिवार्य नगर्दा सम्मका लागि राष्ट्रिय स्तरमा संस्थागत विद्यालय संघ नेपाल स्थापना भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
शिक्षा राज्यको दायित्व हो । तर राज्य आफ्नो दायित्व बिर्सेर क्रमशः शिक्षाबाट पर भाग्दैछ । यस्तोमा राज्यको दायित्वलाई टेवा पु¥याउन र जनताले शिक्षा आर्जन गर्न पाउने अधिकार सुनिश्चित एवं सहज बनाउन खोलिएका संस्थागत विद्यालयहरुप्रति राज्यको नजर कहिल्यै राम्रो हुन सकेन । केही ठूला भनाउँदा शिक्षाका व्यापारीहरुकै राय र सल्लाहमा शिक्षा नीतिमा फेरबदल भैरहयो । संस्थागत विद्यालयको योगदानलाई राज्यले आत्मसात गर्न सकेन, गर्न खोजेन ।
यस्तो परिवेशमा भक्तपुर नगरपालिको शिक्षाप्रतिको मोह र लगाव प्रशंसनिय छ । शिक्षा विकासको निमित्त भक्तपुर नगरपालिकासँग सहकार्य गर्न पाउँदा हामी गर्वको महसुस गर्दै भक्तपुर नगरपालिकाले आ. व. २०८०/०८१ को लागि नीति तथा कार्यक्रम बनाउन संस्थागत विद्यालयको सुझाव संकलन कार्यक्रममा सुझावको लागि आमन्त्रण गरिएकोमा धन्यवाद दिँदै तपसिल बमोजिमको बुँढागत सुझाव पेश गर्दछु ।
- भक्तपुर नगरपालिका भित्र रहेका ९३ वटा विद्यालयहरु मध्ये ३६ वटा सरकारी र ५७ वटा संस्थागत विद्यालयहरु छन् । संस्थागत विद्यालयहरुमा पनि कुनै कम्पनी एृेन अनुसार दर्ता भई संचालिन छन् भने कुनै गुठी ऐन अनुसार संचालित छन् । सरकारी, संस्थागत तथा गुठी ऐनको मर्म अनुसार संचालित विद्यालयहरुको आफ्नो विशेषता एवं कार्यविधि हुन्छ । शिक्षामा एकरुपता कायम गर्ने बहानामा छुट्टा छुट्टै विशेषता भएका सम्पूर्ण विद्यालयहरुलाई एउटै व्यवस्थामा संचालन गर्न खोज्दा उद्देश्य अनुरुपको नतिजा प्राप्त हुन्छ भन्ने इसानलाई लाग्दैन । अतः अनेकतामा एकता को भावनालाई आत्मसात गर्दैै सम्पूर्ण विद्यालयहरुलाई स्वतन्त्र रुपमा शैक्षिक गतिविधि संचालन गर्ने वातावरण दिइनु पर्छ र त्यसको लागि नगरपालिकाले निरिक्षण तथा अनुगमनको व्यवस्था गरिनुपर्छ ।
- संस्थागत विद्यालयहरुको भौतिक सुधारको निम्ति आवश्यक ऋण तथा अनुदानको व्यवस्था गर्न सके विद्यालयहरुलाई थप जिम्मेवार बनाउन सकिन्छ ।
- नगरपालिका वा सरकारी तवरमा संचालन हुने शिक्षक तालिमहरुमा संस्थागत विद्यालयलाई पनि सहभागि गराउनुपर्छ । अथवा नगरपालिकाले छुट्टै तालिमको व्यवस्था गर्न सकिन्छ ।
- नगरपालिकाको शिक्षा समिति, शिक्षा शाखा लगायतबाट हुने काम कार्वाहीहरुमा संस्थागत विद्यालयका प्रतिनिधिहरुलाई सहभागी गराए अनुसार प्रतिनिधिहरुबाट प्राप्त राय–सुझावहरुको कार्यान्वय हुनुपर्छ ।
- अनुगमन निरीक्षण तथा तत्काल सकारात्मक सुझाव दिनु पर्ने एवं अनुगमन समितिमा संस्थागत विद्यालयका प्रतिनिधी पनि समेट्नु राम्रो हुन्छ ।
- विगतमा संस्थागत विद्यालयहरुको लेखा परिक्षण गर्न साबिक जिल्ला शिक्षा कार्यालयबाट लेखापरिक्षक नियुक्ति गर्दा देखिने गरेका अनियमितता अहिले नगरपालिकाले लेखापरिक्षक नियुक्त गर्दा नदोहोरियोस् भन्नेमा नगरपालिका सजग हुनुपर्छ । साथै अनुमति प्राप्त तथा नविकरण भएका जो सुकै लेखापरिक्षकबाट लेखा परिक्षण गर्न पाउने कम्पनी ऐनलाई समेत ख्याल गर्दा उपयुक्त होला ।
- संस्थागत विद्यालय होस् वा सरकारी, सबै विद्यालयले नयाँ विद्यार्थी भर्ना गर्दा पूर्व विद्यालयको स्थानान्तर प्रमाण पत्र अनिवार्य गर्दा शैक्षिक अनुशासन कायम गर्न सकिन्छ ।
- विभिन्न सुविधा तथा छात्रवृत्तिमा विभेद हटाउनु पर्ने । भक्तपुर नगरपालिकाको आन्तरिक श्रोतमार्फत सरकारी विद्यालयका विद्यार्थीहरुलाई हुने खर्च अनुपात अनुसार संस्थागत विद्यालयमा अध्ययनरत भक्तपुर नगरपालिकाभित्रका विद्यार्थीहरुलाई समेत खर्च दिइनुपर्छ ।
- सरकारी विद्यालयमा प्रति विद्यार्थी भएको खर्चभन्दा निकै कममा अध्यापन गराउने संस्थागत विद्यालयहरु महँगो भयो भन्ने हल्ला हुन्छ र विद्यालयले उठाउन पाउने शुल्कको निर्धारण नगरपालिकाबाट हुन्छ । तर नियममै पैसा उठाउन नपाउने व्यवस्था हुँदा हुँदै पनि सरकारी विद्यालयहरुले सहयोग शुल्कको रुपमा चर्को शुल्क उठाउँदा समेत नगरपालिकाबाट केही कारवाही हुँदैन । के सरकारी विद्यालयहरुले उठाउने सहयोग शुल्कको सिमा तोक्नु पर्दैन ? सरकारी विद्यालयहरुले उठाउने सहयोग शुल्कमा एकरुपता आवश्यक छैन ? साथै नगरपालिकाको निर्धारित शुल्कभन्दा बढी शुल्क लिएका विद्यालयहरुलाई कार्वाही गरेको सार्वजनिक भएमा अरुलाई नसिहत हुने तथा अभिभावकहरु सचेत हुने मौका पाउँछ ।
अन्तमा, भक्तपुर नगरपालिकाको शैक्षिक उन्नयनका निम्ति सबै आफ्नो तह र तप्काबाट सहयोग गरौं । शिक्षण क्रियाकलापमा देखिएका राष्ट्रिय तथा अन्तराष्ट्रि प्रयोगहरुसँगै आवश्यक गतिविधि गरौं गराऔं भन्दै भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुमध्ये संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अनुपात समेतलाई ध्यान दिएर नीति तथा कार्यक्रम बन्ने विश्वास गर्दै यी सुझाव प्रस्तुत गरेका छौं ।
धन्यबाद !
पुरुषोत्तम ग्वाछा
महासचिव